ओली सरकारको विकल्प खोज्न सभापति देउवासँग कांग्रेस नेताहरुको आग्रह

काठमाडौं, १९ बैशाख । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका प्रभावशाली नेताहरुले प्रधानमन्त्री केपी शर्मा ओलीको विकल्प खोज्न सभापति शेरबहादुर देउवालाई आग्रह गरेका छन् ।
प्रधानमन्त्री ओली संघियता विरोधी भएकाले उनीबाट संघियता र संविधान कार्यान्वयन नुहँने जिकिर गर्दै नेता विमलेन्द्र निधी र डा. शेखर कोइरालाले विकल्प खोज्न आग्रह गरेका छन् । नेपाल ट्रेड युनियन कांग्रेसको राष्ट्रिय सम्मेलनमा बोल्दै नेताहरुले ओली सरकार असफल भइसकेको समेत बताए ।

‘एमालेको अरुची र नकारात्मक धारणाका कारण सीमांकनका विषयमा मधेशवादी दलहरुसँग सहमति हुन सकेको छैन’ निधीले कार्यक्रमम भने ‘अब विकल्प खोज्न ढिला गर्नु हुँदैन ।’

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice