म बिजयको दिन कुर्दैछु

माधवप्रसाद नेपाल, पुराना ब्यवसायी हुन् । काठमाण्डौमा वसेर मालवहाक गाडी सञ्चालन गर्दै ब्यवसाय गरेको उनको पुरानो अनुभव छ । १५ बर्ष भन्दा बढी समय यो क्षेत्रमा खर्चेका नेपाल सामाजिक क्षेत्रमा पनि धेरै कृयाशिल छन् । हक्की स्वभाव र  ब्यवसायलाई कर्म मान्ने नेपाल तराई यातायात ब्यवसायी संघमा केही नयाँ काम गर्ने योजनाका साथ आएका हुन् । संघको उत्तर क्षेत्रमा हुने समस्या समाधानका लागि पहल गर्ने नयाँ योजनासहित ओमकृष्ण कार्कीको टीमबाट  उपाध्यक्ष पदमा उम्मेदवार वनेका नेपालको नयाँ योजनासहितको वार्तालाप :

तपाईको उम्मेद्वारी किन ?

ब्यवसायीलाई थप जिम्मेवारी तुल्याउँदै पेशालाई मर्यादित बनाउन मेरो उम्मेदवारी आएको हो । व्यवसायिक वातावरण, ब्यवसायिक जिम्मेवारी, ब्यवसायिक समझ्दारी र सोही अनुरुपको ब्यवसायीक संघ निर्माण गर्नका लागि मैले  उम्मेदवारी दिने निर्णय गरेको छु ।

अनि उत्तर क्षेत्रको उपाध्यक्ष नै किन हुनु पर्ने नि ?

यो पदको परिभाषित जिम्मेवारी भूगोल अन्तर्गत नै हो । काठमाण्डौ केन्द्रीत ब्यवासायी नै यो पदमा उपयुक्त हुने सवैको बुझाई छ । जुनसुकै मालवहाक गाडी पनि काठमाडौं आउने भएका कारण यहाँ हुने कुनै पनि समस्यालाई समाधान गर्नका लागि पनि राजधानी केन्द्रीत पदाधिकारीको आवश्यकता  पर्दछ । सो का लागि नै यो पद सिर्जना भएका कारण पनि काठमाण्डौंमा वसेर ब्यवसाय गरेको म जस्तो मान्छे यस पदको लागि ठीक हुन्छ  ।  उत्तर क्षेत्रको उपाध्यक्ष भनेर परिभाषा नै गरेको कारण पनि राजधानीमा वसेर काम गरेकाले मैले यो पदमा दावी गरेको छु ।
म काठमाडौंमा रहने भएका कारण  यो पदको  पहिलो दावेदार भएको स्पष्ट  पार्न चाहन्छु । यो भूगोलमा पर्ने जुनसुकै समस्यालाई समाधान गर्न मेरो पहल उल्लेख्य हुने मेरो ठम्याई रहेको छ । र, यो प्रकारको ब्यक्ति म मात्र उम्मेदवार भएका कारण पनि मतदाताले मलाई विजय गराउनु हुने छ भन्ने बिश्वास गरेको छु ।

संघलाई अघि बढाउने तपाईका योजना के छन् ?

कुनै पनि संघ संस्थाको उदेश्य त्यति बेला प्राप्त हुन्छ, जति वेला परिभाषा अनुसारको जिम्मेवारी प्राप्त हुन्छ । एउटा बिषयको बिज्ञलाई अर्को बिषयमा काम लगाउँदा त्यो काम सम्पन्न हुनै सक्दैन । जसले जे गर्न सक्छ उसलाई सोही अनुरुपको योजना निर्माण गर्न दिन सके उसले लक्ष्य प्राप्त गर्न सक्छ  ।  कसले कति योगदान गरेको छ भन्दा पनि ईतिहास बाट पाठ  सिक्दै नयाँलाई जिम्मेवारी दिँदै लैजाने हो भने यस प्रकारका संघसंस्थाले गति लिन सक्ने मेरो बुझाई छ ।  संस्थामा वसेर भन्दा पनि उसले कति योगदान दिन सकेको छ । त्यसको आधारमा मानिसको मूल्यांकन हुने आम सत्य हो । त्यस कारण पनि नव प्रवेशीको हैसियतमा संस्थालाई अझ गतिशिल रुपमा अघि बढाउने मेरो योजना रहेको छ । निश्चित कार्ययोजना निर्माण गरेर अघि बढ्ने मेरो योजना रहेको छ । मेरो टिमको नयाँ योजना अनुसार अघि बढ्दै जिम्मेवारी वहन गर्नेमा सवै मतदातालाई विश्वस्त तुल्याउँछु ।

राजधानी केन्द्रीत समस्या उठाउनु भयो । के छन् त ?

राजधानी हरेक ब्यवसायीको बाध्यता हो । यहाँ नआउने हो भने ब्यवसायले पूर्णता पाउँदैन भन्दा पनि हुन्छ । यस संघमा आवद्ध मालवाहक गाडीहरु ७० प्रतिशत भन्दा बढी काठमाडौं आउँने गर्छन । तर, संघको काठमाडौंमा उपस्थिति न्यून छ । कर्मचारीका भरमा मात्र काठमाडौंको कार्यालय सञ्चालन हुने गरेको छ ।  यहाँ आईपर्ने समस्या समाधानका लागि बाहिरवाट नै पदाधिकारी आउनु पर्ने अवस्था छ ।  राजधानी भएका कारण पनि काठमाडौंको उपस्थिति गतिलो हुनु आवश्यक छ । ब्यवसायीलाई मेरो संघ काठमाण्डौंमा पनि छ भन्ने महसुुस दिलाउन पनि काठमाडौं केन्द्रीत पदाधिकारीको आवश्यकता हुन्छ नै ।
त्यसो त काठमाडौंमा सवारीसाधनको अत्यधिक चाप रहेको छ । चापका कारण बेलावेला बिभिन्न समस्याहरु आईरहन्छन् । मालवाहक गाडी भएका कारण अत्यधिक गाडीको चाप हुने ठाउँका समस्या आउनु
स्वाभाविक पनि हो । यी सवै समस्या समाधानका लागि काठमाण्डौमा नै केन्द्रीत मान्छेको आवश्यकता हुन्छ । काठमाण्डौमा भएको समस्या समाधान गर्न बाहिरबाट पदाधिकारी आउनु आफैमा खर्चिलो तथा समयका हिसावले पनि बढी लाग्छ नै ।

तपाईको कार्य अनुभवका वारेमा बताउनु पर्दा के भन्नु हुन्छ ?

हो, म पहिलो पटक यस संघमा निर्वाचन लड्दै छु । जीत या हार मेरो ठूलो प्रतिष्ठाको बिषय होईन । तर, यो संघ बिरगंज,सिमरा मात्र होईन देशब्यापी रुपमा छ भन्ने पहिचान गराउन पक्कै सहज हुनेछ । पचासौं लाख लगानी गरेको मालवाहक गाडी गुड्ने हरेक ठाउँमा हाम्रो उपस्थिति गराउने मेरो पहल हुनेछ ।  मेरो उम्मेदवारी कुनै ब्यक्ति बिरुद्ध पनि होईन । परिभाषित क्षेत्रको प्रतिनिधित्व गर्नु नै मेरो उद्धेश्य हो । त्यसोत धेरै जिम्मेवार तथा बिशिष्ट ब्यवसायीले नै मलाई समर्थन गरेर उम्मेदवार हुन आग्रह गरेका कारण नै मैले उम्मेदवारी दिन लागेको हो ।

अन्त्यमा केही भन्नु हुन्छ ?

ओमकृष्ण कार्कीसहितको टीमले भूगोल अनुसारको जिम्मेवारी मलाई प्रदान गर्न लागेकोमा काठमाडौंको तर्फबाट बिजयीको शुभकामना दिँदै यो टीमलाई  मतदान गर्न अनुरोध गर्दछु ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice