प्रधानमन्त्री ओली र रामचन्द्र पौडेल बीच छेडाछेड

भूकम्प आएको एक वर्षमा बल्ल पुनर्निर्माणको शिलान्यास भएको छ, प्रचारले मात्रै पुनर्निर्माण हुन सक्दैन । चार ठाउँबाट निर्माणको शिलान्यास मात्रै भएको छ, भूकम्पको एक वर्ष भइसक्यो प्रचारको यस्तो चालाले पुनर्निर्माण हुँदैन । ’कार्यक्रमको सुरुमै काग्रेस नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीलाई यसरी झटारो हाने । भूकम्प गएको ६ महिनासम्म सरकारको नेतृत्व गरिसकेको कांग्रेसका वरिष्ठ नेता पौडेलले वितेको पूरै वर्षको अपजस ओलीलाई दिएपछि प्रधानमन्त्री ओलीले किन सहन्थे त्यसको प्रतिवादमा ‘वक्तासाथीले भूकम्पछिको ६ महिना आफैंले सरकारको नेतृत्व गरेको सम्झेको हुनु पर्ने हो । ६ महिनासम्म केही काम गर्नु भएन, म आएपछि तीन महिनासम्म पुनर्निर्माणका लागि ऐन निर्माणमा अवरोध गरेर विताइदिनु भयो’ प्रधानमन्त्री ओलीले भन्नु भयो, ‘त्यसमाथि उहाँहरुले भूकम्पको एक एक क्षति विवरण आइसकेपछि मात्रै पुनर्निर्माण सुरु गर्नेगरी दताहरुसँग सम्झौता गर्नु भयो । सम्पूर्ण क्षति संकलन सकेर निर्माण सुरु गर्दा तीन वर्षमा एउटा छाप्रो पनि बन्दैन ।’

ramchandra-paudel_369573366

पूर्व प्रधानमन्त्री तथा एमालेका पूर्व अध्यक्ष मनमोहन अधिकारीको १७ औं स्मृति दिवसमा मनमोहन स्मृति प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा वक्ता रहेका प्रधानमन्त्री ओली र कांग्रेस नेता पौडेलवीचको सवाल जवाफ निकै रोचक बन्न पुगेको हो । ‘आलोचना गर्नेहरुलाई भन्न चाहन्छु– देखते रही हो, पुनर्निर्माण जतिसुकै अवरोध भए पनि रोकिंदैन’ वर्तमान सरकारको आलोचना गर्न चाहनेहरुले एक वर्षअघिको भिडियो फुटेज प्रयोग गरेको आरोप समेत प्रधानमन्त्री ओलीले लगाए । ‘मिडियाहरुमा पनि हेर्छु एक वर्षअघिका अर्कैले त्रिपाल र जस्ता हिनामिना गरेको फुटेज देखाएर यो सरकारले केही गरेन भन्ने आउँछ’ ‘आफू मात्रै चलाख छु अरु कसैले बुझ्दैनन् भन्ने नठाने हुने हो ।’
फेरि पालो आयो रामचन्द्र पौडेलको मन्त्रिपरिषदको आकार ठूलो बनाएको भन्दै कांग्रेस नेता पौडेलले अर्काे झटारो हाने । ‘यति सत्य कुरा त नछोपिदिनुस् न रामचन्द्रजी, संविधानको भाग ३९, धारा २९८ को उपधारा ५ मा संक्रमणकालीन मन्त्रिपरिषदको संख्याबारे के लेखेको छ’ ओलीले भन्नुभयो, ‘त्यो धाराले जस्तो ब्यवस्था गरेको छ, त्यस्तै मन्त्रिपरिषद बनेको छ, बरु तपाईंहरुले एकल सरकार चलाउँदा कत्रो मन्त्रिपरिषद बनाउनु भएको थियो ?’

‘जनताको ईच्छा के छ भनेर होइन, कहाँ कहाँ भिन्नता छ भन्ने खोजेर विदेशतिर बहस भइरहेका छन’ प्रधानमन्त्री ओलीले थपे ‘फाटेको गन्जी लगाएको छ दामी बन्दुक भिरेको छ, गन्जीमा होइन बन्दुकमा डोनेशन दिने र हामी पुरानो गन्जी लगाएर नयाँ बन्दुक बोकाउने शर्तको हामी सामना गर्छाै झुक्दैनौं ।’ जायज कुरा मान्ने तर, कसैको भारी बोकेर गरिएका जिद्दिलाई अस्वीकार गर्ने प्रधानमन्त्रीको स्पष्टोक्ति थियो ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice