छत्रमानलाई प्रधानसेनापति नबनाउन रामवरणलाई बाबुरामले दवाव दिएको खुलासा

काठमाडौं, ३० चैत । नेपाली सेनाका प्रधानसेनापति छत्रमानसिंह गुरुडलाई प्रधानसेनापति नवनाउन डा. बाबुराम भट्टराईले तत्कालिन राष्टपति डा. रामवरण यादवलाई दवाव दिएको खुलासा भएको छ । पूर्वसेनापति छत्रमानसिंह गुरुडको पुस्तक विमोचनमा पूर्वराष्टपति यादवले आफुलाई एक पार्टीका ठुला नेताले गुरुडलाई प्रधानसेनापति नवनाउन दवाव दिएको बताएक थिए । म ति नेताको नाम त भन्न चाहान्न तर मलाई ठुलै दवाव आएको थियो पुस्तक विमोचन कार्यक्रममा यादवले भनेका थिए तर मैले जनजातिको छोरालाई प्रधानसेनापति बनाउन कसैको दवावलाई मानिन् ।

तत्कालिन एमाओवादीका नेतासमेत रहेका भट्टराईले गुरुडलाई प्रधानसेनापति नवनाउन आग्रह गरेका थिए । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको आकांक्षा सुनाउँदै गुरुडलाई प्रधानसेनापति नवनाउन दवाव दिएको यादवले आफु निकटका ब्यक्तिहरुसँग बताएका छन् ।

यादवले संविधानसभा बिघटन नगर्न भट्टराईलाई सुझाव दिएको प्रसंग पनि उठाएका थिए । मैले बाबुरामजीलाई संविधानसभा विघटन नगर्नुहोस भनेको थिएँ तर उहाँले मान्नु भएन, विमोचन कार्यक्रममा भनेका थिए । पूर्वराष्टपति यादवको भनाईप्रति बाबुरामले आपत्ती जनाएका छन् । उनले मर्यादा र गोपनीयताको ख्याल गर्न यादवलाई सामाजिक सञ्चाल मार्फत सजग पनि गराएका छन् ।

One thought on “छत्रमानलाई प्रधानसेनापति नबनाउन रामवरणलाई बाबुरामले दवाव दिएको खुलासा

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice