मैले पूर्वसेनापतिलाई प्रधानमन्त्री बनाउन खोजेको थिएँ

काठमाडौं, २९, चैत । पूर्व राष्टपति डा. रामवरण यादवले पहिलो संविधानसभा विघटनपछि आफुले पूर्वसेनापतिलाई प्रधानमन्त्री बनाउन खोजेको तथ्य सार्वजनिक गरेका छन् । ‘संविधानसभा विघटनपछि म नैतिक संकटमा थिएँ, राजनीतिक दलहरुलाई छलफल गर्न बोलाएँ’, उनले भने ‘मेरो इच्छा कुनै पूर्व सेनापति वा नागरिक समाजको ब्यक्ति ल्याउने इच्छा थियो तर दलहरुले मानेनन् ।’

दलहरुले पूर्वसेनापति वा नागरिक समाजको ब्यक्ति ल्याउन नमानेपछि बाध्यभएर तत्कालिन प्रधानन्यायाधीश खिलराज रेग्मीलाई ल्याएको बताए । ‘प्रधानन्यायाधीशलाई बनाउनु ठिक थिएन, मैले त्यसो नगरौँ पनि भनेको थिएँ’, उनले भने ‘पोलिटिकल पार्टीले मानेनन्, ल्याउन बाध्य भएँ ।’

उनले आफ्ना पुराना दिन सम्झदै आफुबिरुद्ध माओवादीको सिडगो पार्टी लागेको बताए । ‘देशमा दुई सेना भएका बेला युद्धबाट आएका कार्यकारी प्रधानमन्त्री उनकै पार्टीका रक्षामन्त्रीले सेनामा हात हालेको स्थितिमा राष्टिय हितलाई मध्यनजर गरेर संविधान अनुसार नै कदम चालेँ’, उनले भने ‘त्यो कदम चालेपछि सिडगो माओवादी म प्रति खनियो । ’

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice