bijaystdClass Object ( [error_code] => 12 [error_msg] => REST API is deprecated for versions v2.1 and higher (12) [request_args] => Array ( [0] => stdClass Object ( [key] => method [value] => fql.query ) [1] => stdClass Object ( [key] => format [value] => json ) [2] => stdClass Object ( [key] => query [value] => SELECT url, normalized_url, share_count, like_count, comment_count, total_count, commentsbox_count, comments_fbid, click_count FROM link_stat WHERE url = http://yeskathmandu.com/2016/04/23701 ) ) )

पहिलो महिला प्रधानन्यायाधीशमा सुशीला कार्की सिफारिस

काठमाडौं, २८, चैत । संबैधानिक परिषदले सर्वोच्च अदालतकी बरिष्ठतम न्यायाधीश सुशीला कार्कीलाई प्रधानन्यायाधीशमा सिफारिस गरेको छ । आज बसेको संबैधानिक परिषदको बैठकले कार्कीलाई प्रधानन्यायाधीशमा सिफारिस गरेको हो । सिफारिससँगै कार्की पहिलो  प्रधानन्यायाधीश बन्ने भएकी छिन् ।  सिफारिसपछि अब संसदीय सुनुवाई हुने र त्यसपछि राष्टपतिले प्रधानन्यायाधीकमा नियुक्त गर्ने कानुनी प्रावधान छ । ३० चैतदेखि वर्तमान प्रधानन्यायाधीश कल्याण श्रेष्ठले अवकास पाउँदैछन् ।

संबैधानिक परिषदको सिफारिसपछि कार्कीले नेपालको न्यायिक इतिहास रच्ने भएकी छिन् । उनी पहिलो महिला प्रधानन्यायाधीश बन्ने भएकी छिन् । २०३५ सालमा न्याय सेवामा प्रवेश गरेकी कार्की २०६५ सालमा सर्वाेच्च अदालतकी अस्थायी न्यायाधीश भएकी थिइन । अस्थायी भएको दुई बर्षपछि उनी स्थायी भएकी थिइन ।

न्यायाधीश कार्कीले गरेका न्यायिक फैलाहरु चर्चित र विवादित दुवै छन् ।  सार्वजनिक पदमा रहँदा अकुत सम्पति आर्जन गरेका जेपी गुप्तालाई भ्रष्टाचारी ठहर गरी जेल पठाउने उनको सवैभन्दा चर्तित फैसला हो । कार्की पहिलो संविधानसभा विघटन गर्ने मध्येकी एक न्यायाधीश पनि हुन् ।

उनी निडर भएर फैसला गर्न सक्ने क्षमताकी न्यायाधीश भएपनि महिलाका मुद्दामा भने उनी विवादित बनेकी छिन् । चितवन जिल्ला अदालत हुँदै सर्वाेच्च अदालतमा आएको एक नाता प्रमाणित मुद्दामा उनले बिज्ञानलाई पनि चुनौति दिएकी थिइन । विवाहविना नै एक युवतीबाट बच्चा जन्मिएको थियो । उक्त बच्चाको नाता प्रमाणितको माग गर्दै मुद्दा सर्वाेच्च अदालतमा पुगेको थियो । बच्चाको डीएनए परिक्षणमा आरोपित युवकसँग नमिले पनि चिउडी मिल्यो भन्दै फैसला दिएकी थिइन । यो उनको बिज्ञानलाई चुनौति दिने फैसला थियो । इन्टरनेशनल एसोशिएसन अझ बुमन जजकी सदस्य पनि हुन् ।

One thought on “पहिलो महिला प्रधानन्यायाधीशमा सुशीला कार्की सिफारिस
  1. कुनै एकजना संबैधानिक परिषद्मा सदस्यको अनुपस्थिति भएमा कोरम नपुग्ने भएकाले सो बैठकले गरेको निर्णय पनि धरापमा ! अराजकताको पराकाष्टा

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice