देउवाको अडानले संबैधानिक परिषद बन्धक, भएन सुशीला कार्कीको सिफारिस

काठमाडौं, २६ चैत । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अड्को थापेपछि संबैधानिक परिषदको बैठक विना निस्कर्ष टुडिगिएको छ । चार दिनपछि रिक्त हुने प्रधानन्यायाधीश पदको सिफारिस गर्न शुक्रबार विहान संबैधानिक परिषदको बैठक बसेको थियो । तर कांग्रेस सभापति देउवाले संसदीय सुनुवाई समितिको टुंगो नलागेसम्म सिफारिस गर्न नसकिने अडान राखेपछि संबैधानिक परिषद बन्धक बनेको स्रोतले बताएको छ ।

सर्वाेच्च अदालतका बरिष्ठतम न्यायाधीश सुशीला कार्कीलाई प्रधानन्यायाधीशमा सिफारिस गर्न प्रधानमन्त्री केपी शर्मा ओलीले संबैधानिक परिषदको बैठक बोलाएका थिए । बोलाइएको बैठकमा संसदीय सुनुवाईको कारण देखाउँदै देउवाले अवरोध गरेपछि सिफारिस हुन सकेन । संसदीय सुनवाई समिति बन्न सकेको छैन । कांग्रेसले ७७ सदस्य समिति बनाउनु पर्ने अडान लिएको छ भने एमाले र एमाओवादीले २७ सदस्य बनाउनु पर्नेमा लागेका छन् ।

देउवाले संबैधानिक परिषदको बैठकमा एउटा पार्टीको सिफारिसमा सभासद् भएका ब्यक्तिलाई न्यायाधीश बनाउन नहुने तर्क पनि बैठकमा राखेका थिए । न्यायपरिषदले एमाले कोटाबाट सभासद् बनेकी सपना मल्ल प्रधानसहित ११ जनालाई सिफारिस गरेको थियो । देउवा सपना मल्ल प्रधानलाई न्यायाधीश बनाउन नहुँने पक्षमा छन् ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice