१५ बर्ष जेल बस्दा थाकिँन, चुनाव हार्दैमा निराश हुने ब्यक्ति म होइन

काठमाडौं, २५ चैत । प्रधानमन्त्री पदमा १७ पटक, सभापति र संसदीय दलको नेतामा एक, एक पटक पराजित नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलको राजनीतिक भविश्यका बारेमा चर्चा चलिरहेका बेला उनी भने अझै भाग्यमै विश्वास गरिरहेका छन् । ब्राहमण परिवारका पण्डित बाजे पौडेल शरिरले साथ दिएसम्म राजनीतिमै सक्रिय हुने संकल्प गर्न थालेका छन् । ‘१५ बर्ष जेल जिवन विताउँदा म निराश भइन, केही चुनाव हार्दैमा म निराश हुने ब्यक्ति परिँन’ उनले भने ।

नेपाली कांग्रेसको लामो राजनीतिक यात्रा गरेका पौडेल चुनाव हार्नुको कारण भाग्यलाई नै दोष दिन्छन् । तर चुनावी गणित मिलाउन नसक्दा पराजित भएको उनी ठान्दैनन् । ‘चुनावमा केही फ्याक्टरहरुले काम गरे होलान तर मुल कुरा भाग्यमा पनि भर पर्दछ’, उनले भने । कांग्रेस राजनीतिमा कोइरालाका परिवारसँग निकै नजिक भएर काम गरेका पौडेल कोइराला परिवार कमजोर हुनसाथ उनी पनि कमजोर परेका छन् । तरपनि दिन फर्किने आशमा उनी भाग्यलाई कुरेर बसीरहेका छन् ।

पौडेल उम्मेरले ७० बर्ष पुगिसके । तरपनि उनले राजनीतिबाट बिश्राम लिने कुनै योजना बनाएका छैनन् । ‘एक पटक एक जोगीले मलाई भन्थे, शरिरलाई स्वस्थ्य राख्ने हो भने उम्मेरले कुनै प्रभाव पार्दैन’ उनले भने ‘म अझै डाँडा काँडा कुद्न सक्छु, किन बिश्राम लिने ?’ उनले शारिरीकरुपमा असक्त भएपछि मात्र राजनीतिबाट बिश्राम लिने सोच बनाएका छन् । अझै केही बर्ष र कांग्रेसको आगमी चुनावसम्म सक्रिय राजनीति गर्ने उनको सोच छ ।

काठमाडौं उपत्यका बिजयी गर्दा पृथ्वीनारायण शाहले १७ पटक पराजय भोगेका थिए । तर पौडेलले भने १९ पटक पराजय भोगिसकेका छन् । संसदीय दलको नेतामा पराजित भए उनले आत्महत्या गर्ने काटुन समेत प्रकासित हुन थालेका छन् । तरपनि पौडेललाई न त पृथ्वीनारायण शाहको वीरगाथासँग मतलव छ नत काटुनले उनलाई छोएको छ । कांग्रेस महाधिबेशनको उद्घाटन सर्तमा कहिलेकाँही आत्म हत्या गरुँ झै लाग्छ भन्ने उनको अभिब्यक्तिका कारण काटुनहरु बन्न थालेका हुन् ।

पौडेललाई गणतन्त्र नेपालको पहिलो राष्टपति बन्ने मौका पनि आएको थियो । पहिलो पटक राष्टपति निर्वाचनको सरगर्मी चलेका बेला तत्कालिन नेकपा माओवादीले गिरिजाप्रसाद कोइरालालाई अस्वीकार गरी रामचन्द्र पौडेललाई राष्टपति बनाउन चाहेका थिए । ‘तर मैले मानिन’, पौडेलले भने ‘गिरिजाबाबु राष्टपति भए अर्काे शक्ति केन्द्र बन्छ तपाई नै राष्टपति बन्नु परयो भन्दै प्रचण्डजीले प्रस्ताव गर्नु भएको थियो, सक्रिय राजनीति गर्ने मेरो मनसाय भएकोले प्रस्ताव स्वीकार गरिन ।’

पौडेलले वर्तमान पार्टी सभापति तथा संसदीय दलका नेता शेरबहादुर देउवालाई निरपेक्षरुपमा सहयोग गर्न नसकिने जनाउन दिएका छन् । ‘त्यो उहाँको काम गर्ने शैलीमा भर पर्दछ’, उनले भने ‘म ब्यक्ति भन्दा पार्टी र राष्टका लागि सोच्छु, पार्टी र देशका हितमा भए सहयोग हुन्छ नत्र सबै बेला सहयोग हुन सक्दैन ।’

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice