bijaystdClass Object ( [error_code] => 12 [error_msg] => REST API is deprecated for versions v2.1 and higher (12) [request_args] => Array ( [0] => stdClass Object ( [key] => method [value] => fql.query ) [1] => stdClass Object ( [key] => format [value] => json ) [2] => stdClass Object ( [key] => query [value] => SELECT url, normalized_url, share_count, like_count, comment_count, total_count, commentsbox_count, comments_fbid, click_count FROM link_stat WHERE url = http://yeskathmandu.com/2016/04/23508 ) ) )

नेपालमाथी ब्रसेल्सबाट अर्काे हमला : स्थानीय निकायको निर्वाचनमा सहयोग नगर्न अन्तराष्ट्रिय समुदायलाई आग्रह

काठमाडौं, २३ चैत । ९० प्रतिसत भन्दा बढि जनप्रतिनिधीको सहमतिमा निर्माण गरिएको नेपालको संविधानमाथी अन्तराष्ट्रिय समुदायले हमला गर्न थालेका छन् । भारत र युरोपियन मुलुकले संयुक्त बिज्ञप्ती निकाली स्वतन्त्र मुलुकको संविधानमाथी हमला गरेको केही दिनपछि इन्टरनेशनल क्राइसिस ग्रुपले आज ब्रसेल्सबाटै अर्काे हमला गरेको छ । मधेसी मोर्चाका माग संविधानमा सम्वोधन नगरेसम्म नेपालको स्थानीय निकायको निर्वाचनलाई सहयोग नगर्न क्राइसिस ग्रुपले अन्तराष्ट्रिय समुदायलाई अपिल गरेको छ ।

क्राइसिस ग्रुपले आन्दोलनरत दलहरुको सहमति विना निर्वाचन भए सहयोग नगर्न दाताहरुलाई आग्रह गरेको छ । भारतीय प्रभावमा रहेको क्राइसिस ग्रुपले नेपालको संविधान र स्वतन्त्र मुलुकमाथी अर्काे नाकाबन्दी गर्न दाताहरुसँग आग्रह गरेको छ ।

ग्रुपले नेपालका आन्दोलनकारीका मागप्रति चासो दिन भारतलाई सुझाव पनि दिएको छ । नेपालको मामिलामा हस्तक्षेप गर्न उसले घुमाउरो पारामा अन्तराष्टिय समुदाय र भारतलाई आग्रह गरेको छ । आइसिजेले आज आफ्नो प्रतिवेदन सार्वजनिक गर्दै स्थानीय निकायको निर्वाचनमा नसघाउन र भारतलाई समस्या सुल्झाउन आग्रह गरेको छ ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice