प्रचण्डलाई चुनौति दिन पूर्व माओवादी कमाण्डरहरुले खोले नयाँ पार्टी

काठमाडौं, २१ चैत । विवाह नै नगरी एक युवतीबाट बच्चा जन्माएको आरोपमा एमाओवादीबाट कारवाहीमा परेका पूर्व पोलिटब्यूरो सदस्य हेमन्त प्रकाश ओलीले नयाँ पार्टी गठन गरेका छन् ।

एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले क्रान्तिलाई धोका दिएको भन्दै कम्युनिस्ट न्युक्लियस केन्द्र नेपाल नामक पार्टी गठन गरेका छन् । शनिवार उनले दाङको घोराहीमा पत्रकार सम्मेलन गरी नयाँ पार्टी घोषणा गरेका हुन् । क्रान्तिको बाँकी कार्यभार पुरा गर्न आफुले नयाँ पार्टी खोलेको उनले बताएका छन् ।

माओवादीले जनयुद्ध गरेपनि लाभमा पसेर क्रान्तिलाईबीचमै छोडेको उनको आरोप छ । ‘क्रान्तिको बाँकि कार्यभार पुरा गर्न नयाँ पार्टी स्थापना गरेका छौ’ ओलीले भने ‘जनतालाई धोका दिनेसँग पनि बदला लिइने छ ।’

ओलीको अध्यक्षतामा ११ सदस्यीय पार्टीको केन्द्रीय कमिटी गठन गरिएको छ ।  केन्द्रीय कमिटीमा विकास शर्मा, डा ऋषिराज बराल, रमेश पुन, विमर्श शर्मा, शेरकुमार खड्का, मनप्रसाद श्रेष्ठ, तीर्थ वली र धनबहादुर ओली रहेका छन् ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice