सभापतिमा निर्वाचित भएपछि देउवाले भगवानलाई चडाए पाँच हजार भेटी

काठमाडौं, १७ चैत । कांग्रेस सभापतिमा निर्वाचित भएपछि शेरबहादुर देउवाले भगवानमा नाममा पाँच हजार भेटी चडाएका छन् । बुधबार विहान बुढानिलकण्ठ मन्दिरमा पुगेका देउवाले भगवानका नाममा पाँचहजार भेटी चडाएको स्रोतले बताएको छ ।

पत्नी आरजु देउवासँगै मन्दिर पुगेका देउवाले एक घण्टा पुजा गरेका थिए । पुजाका लागि पत्नी आरजुले केही दिनअघि नै समय लिएकी थिइन । पत्नीका साथ पुगेका देउवाले एक घण्टा पुजा गरेर बिताएको मन्दिरका महन्त स्वामी निगमानन्दले बताए । ‘उहाँले केही पनि वर माग्नु भएन, पुजा मात्र गरेर फर्किनु भयो’ महन्तले भने ।

प्रधानमन्त्रीबाट राजाले बर्खास्त गरेपछि पनि देउवा यसरी नै मन्दिर धाएका थिए । उनी बारम्वार मन्दिर जान्थे र वर पनि माग्थे । तर यसपटक भने उनले कुनै वर नमागेको महतले बताएका छन् । देउवा आउने भएपछि बुढानिलकण्ड मन्दिरमा विहानैदेखि कडा सुरक्षा ब्यवस्था गरिएको थियो । सर्वसाधरणलाई भित्र जान नदिर उनले पुजा गरेका थिए । 2

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice