हो हामी छुट्टियौं तर सम्बन्ध बिच्छेद भएको छैन

भारत । मलाइका आरोडा खान र अरवाज खानबीच सम्बन्ध बिच्छेद भएको उनीहरुले नै खुलासा गरेका छन् । केही महिनादेखि उनीहरु अलग अलग बस्दै आएका थिए । पछिल्लो समय भारतीय एक पत्रिकालाई उनीरुले छुट्टिएको खुलासा गरेका छन् ।  डीएनए पत्रिकालाई अरवाज खानले भनेका छन् ‘हो हामी छुट्टी सकेका छौ ।’
उनीहरुले अहिले नै कानुनरुपमा बिच्छेद गरेको भने स्वीकार गरेका छैनन् । केही समय अलग बस्ने निर्णयमा पुगेको दुवैले वताएका छन् । एक अर्कालाई बुझन पनि अलग बसेको उनीहरुले दावी गरेका छन् । करिव १७ बर्षअघि मलाइका र अरवाजबीच विवाह भएको थियो ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice