बेलायती राजकुमार ह्यारीले भने : गोर्खा सैनिकसँग तालिवान पनि डराउँछन

काठमाडौं, ८ चैत । पाँच दिने नेपाल भ्रमणमा रहेका बेलायती राजकुमार ह्यारीले गोर्खा सैनिकसँग तालिबानी आतंकबादीहरु समेत डराउने गरेको चर्चा राष्टपति बिद्यादेवी भण्डारीसँग गरेका छन् । आइतबार राष्टपति भण्डारीसँगको भेटमा उनले बहादुर गोर्खा देखेर तालिवानी आतंकबादीहरु समेत डराउने गरेको अनुभव आफुसँग भएको बताए ।
करिव ५० दिन अफगानिस्तानमा गोर्खा सैनिकसँग विताएका राजकुमार ह्यारीले राष्टपति यादवसँग आफ्ना अनुभव सुनाएका थिए । उनले भेटको अधिकाँस समय गोर्खा सैनिकको प्रशंसा गर्नमा विताएको राष्टपति कार्यालय स्रोतले बताएको छ । नेपालमा पाइला टेकेदेखि गोर्खा सैनिकको प्रशंसा गरेका ह्यारीले प्रधानमन्त्री केपी ओलीसँग पनि प्रसंसा गरेका थिए ।
अफगानिस्तान लडाईमा उनी गोर्खा सैनिकसँग थिए । त्यही बेला उनले आफु संसारकै सुरक्षित सेनासँग भएको प्रतिक्रिया पनि दिएका थिए । आइतबार राष्टपति यादवसँग ह्यारीले गोर्खा सैनिकसँग दुनियाँका सवै आतंकबादीहरु डराउने बताए । उनीहरु बहादुर मात्र छैनन, दयालु स्वभावका पनि छन् । जहाँ उनीहरु छन् त्यो देशले आफुलाई सुक्षित महसुस गर्छ, ह्यारीले भने ।
नेपाल भ्रमणका क्रममा ह्यारीले गोर्खा सैनिकका परिवारजनलाई पनि भेट्न भएका छन् । उनले भूकम्पबाट क्षति ब्यहोरोका गोर्खा सैनिकका परिवारसँग पनि भेट्ने कार्यक्रम रहेको छ ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice