१०० जनाको जम्वो टोलीसहित प्रधानमन्त्री चीन प्रस्थान

काठमाडौं, ७ चैत । झण्डै एक सय जनाको जम्वो टोलीसहित प्रधानमन्त्री केपी शर्मा ओली चीन प्रस्थान गरेका छन् । सरकारका अन्य बरिष्ठमन्त्रीसहित ५६ सरकारी टोली र अन्य ब्यवसायीसहित एक सय जनाको टोली चीन प्रस्थान गरेको छ ।

टोलीमा उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापा, अर्थमन्त्री विष्णु पौडेल, वाणिज्यमन्त्री दीपक बोहरा, शिक्षामन्त्री गिरिराजमणि पोखरेल रहेका छन् भने अन्यमा मुख्यसचिव, विभिन्न मन्त्रालयका सचिवहरु रहेका छन् ।

भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले चीनिया राष्ट्रपति सी जिनपिङ र समकक्षी ली खस्याङसँग दुईपक्षीय वार्ता गर्ने कार्यक्रम तय गरिएको छ । भ्रमणका दौरान पारवहन सम्झौता, ट्रेड समझदारी, नेपालमा चिनियाँ बैंकको शाखा विस्तार, काठमाडौंमा मोनो रेल, तातोपानी नाका सुचारु, जस्ता विषयको समझदारी पत्रमा हस्ताक्षर हुने आँकलन गरिएको छ ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice