अभिनेत्री श्वेता खड्का दोहारी साँझमा (तस्विरहरु)

काठमाडौं, २ चैत । विवाह भएको एक महिनामै पति श्रीकृष्ण श्रेष्ठको निधन भएपछि सार्वजनिक कार्यक्रममा देखा पर्न छाडेकी अभिनेत्री श्वेता खड्का एकाएक दोहरी साँझमा देखा परेकी छिन् । गत विहीबार राजधानीको दरवार रोधी घरमा उनी पुगेकी थिइन । करिव २ बर्षदेखि सञ्चालन हुँदै आएको दरवार रोधीघरको उनले फेरी उद्घाटन समेत गरिन ।

पति श्रीकृष्ण श्रेष्ठको निधनपछि उनी सार्वजनिक कार्यक्रम र चलचित्र क्षेत्रबाट टाढा भएकी थिइन । लामो समय लण्डन बसेर फर्केकी श्वेता मनोरञ्जनात्मक कार्यक्रमहरुमा सहभागि हुन थालेकी छिन् । दोहरी साँझमा पुगेकी श्वेताले आफु पहिलो पटक यस्तो माहोलमा आएको बताइन ।

एक घण्टा दोहारी साँझमा विताएकी श्वेता हंसिलो अवस्थामा थिइन । उनले दोहरी साँझका कारण नेपाली लोक संस्कृतिको जर्गेना भएको दावी समेत गरिन ।khadka khadka 2

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice