प्रचण्डलाई कालो झण्डा देखाउने पूर्वमन्त्री थुनामा

सिराहा, ३० फागनु । एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई कालो झण्डा देखाउने पूर्वमन्त्री थुनामा पुगेका छन् । सिराहा जिल्ला परिषद उद्घाटन गर्न पुगेका दाहाललाई मधेसी मोर्चाका कार्यकर्ताले कालो झण्डा देखाउँदै नारावाजी गरेका थिए ।

कालो झण्डा देखाउने र नारावाजी गर्ने फोरमका नेता तथा पूर्वमन्त्री राजलाल यादव पक्राउ परेका छन् । यादवसहित पाँच मोर्चाका नेता कार्यक्रतालाई पनि प्रहरीले पक्राउ गरेको छ ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice