सभामुख ओनसरी घर्ति चौतर्फी आक्रमणको निशानामा, मौन छन् निर्देशन दिने प्रचण्ड

काठमाडौं, २९ फागुन । सशस्त्र युद्धमा आक्रमण र प्रतिआक्रमणमा परेकी सभामुख ओनसरी घर्ति अहिले आफ्नै एक निर्णयले चौतर्फी  आक्रमणको निशानामा परेकी छिन् । सर्वाेच्च अदालतको न्यायाधीश नियुक्ति प्रक्रिया रोकपछि सभामुख ओनसरी घर्ति राजनीतिक दल र प्रधानन्यायाधीश कल्याण श्रेष्ठको निशानामा परेकी छिन् ।

सर्वाेच्च अदालतमा न्यायाधीश नियुक्ति गर्न प्रधानन्यायाधीश अध्यक्ष रहेको न्यायपरिषदले ११ जनाको नाम सिफारिस गरेको थियो । न्यायपरिषदले सिफारिस गरी संसद सचिवालयमा पठाएका ११ न्यायाधीशको नाम सभामुख घर्तिले फेरी न्यायपरिषमै फर्काइदिएकी छिन् । संसदीय सुनुवाई समिति गठन नभएको कारण देखाउँदै घर्तिले सिफारिस न्यायापरिषदमै फिर्ता पठाएपछि पक्ष र विपक्षमा बहस सुरु भएको छ । बहस अब सर्वाेच्च अदालतको इजलाससम्म हुने भएको छ । सभामुख घर्तिको कदमलाई लिएर दुई वटा रिट सर्वाेच्च अदालतमा पुगेका छन् । एउटा रिट उनको पक्षमा छ भने अर्काे विपक्षमा ।

संसदीय सुनुवाईका लागि पठाइएका न्यायाधीशको नाम न्यायपरिषदमै फर्काएपछि सभामुख ओनसरी घर्ति प्रमुख दुई ठुला दल र प्रधानन्यायाधीशको आक्रमणमा पर्न थालेकी छिन् । नेपाली कांग्रेस र नेकपा एमालेले उनको कदमप्रति तिव्र असन्तुष्टी जनाएको छ । शुक्रबार नेपाली कांग्रेसका नवनिर्वाचित सभापति शेरबहादुर देउवाले सभामुख घर्तिको कदमलाई बिरोध गरे । उनले न्यायाधीश नियुक्ति सभामुखको इच्छाको बिषय नभएको समेत बताए । सभामुखले गैरसंबैधानिक कदम चालेको र त्यसलाई सच्याउन आफुले प्रचण्डसँग कुरा गर्ने समेत देउवाले बताए ।

त्यसैगरी एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली पनि घर्तिको कदमबाट आक्रोसित भएका छन् । उनले आफ्नो संबैधानिक अधिकारका बिषयमा समेत ख्याल नगरेको बताएका छन् । सिफारिस फिर्ता पठाएपछि कानुनमन्त्री अग्नी खरेलले ठाडोरुपमा गैरसंबैधानिक काम कदमको संज्ञा समेत दिइसकेका छन् ।

सिफारिस फिर्ता पठाएपछि प्रधानन्यायाधीश कल्याण श्रेष्ठ निकै आक्रामक समेत बनेका छन् । उनले धारा हुने पानी नहुँने, अस्पताल हुने डाक्टर नहुँने, अदालत हुने न्यायाधीश नहुँने यो कस्तो बेथिति हो भन्दै घुमाउरो पारामा घर्तिको कडा बिरोध गरे ।
एकीकृत नेकपा माओवादीको निर्देशनमा न्यायाधीश नियुक्ति प्रक्रियालाई रोकेको अर्काे आरोप पनि लाग्न थालेको छ । एमाओवादीले चाहेका ब्यक्ति न्यायाधीश नियुक्तिको सिफारिसमा नपरेपछि सभामुख घर्तिले सिफारिस फिर्ता पठाएकी हुन् ।

One thought on “सभामुख ओनसरी घर्ति चौतर्फी आक्रमणको निशानामा, मौन छन् निर्देशन दिने प्रचण्ड
  1. Absolutely … एमाओवादीले चाहेका ब्यक्ति न्यायाधीश नियुक्तिको सिफारिसमा नपरेपछि सभामुखले सिफारिस फिर्ता पठाएकी हुन् । It is the Pracahnda’s game play.

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice