सशांकले अस्वीकार गरेको देउवाको प्रस्ताव मैदानबाट साकार

काठमाडौं, २६ फागुन । ‘पार्टीलाई एक ढिक्का बनाउनु छ, यो महाधिबेशनलाई एकताको महाधिबेशन बनाउनु परयो, त मेरो महामन्त्री हो, बाँकी जे भन्छस् त्यही गरौला’, सभापति सुशील कोइरालाका निधन भएलगतै सशांक निवास पुगेका शेरबहादुर देउवाले भनेका थिए, ‘जसरी विपीलाई २०२८ सालमा मेरा आवश्यकता परेको थियो, अहिले मलाई तेरो आवश्यकता परेको छ ।’

सानै देखि त भनेर बोलाउने देउवाले महाधिबेशनअघि राखेको प्रस्ताव सशांक कोइरालाले अस्वीकार गरेका थिए ।  ‘चुनावमा को उम्मेद्धार हुन्छ ? त्यसले मलाई कुनै फरक पार्दैन, तर पार्टीलाई एक ढिक्का बनाउने प्रस्ताव ल्याउनुहोस् सशांकले भने ‘मलाई पदको धेरै लोभ छैन । तत्काल देउवको कुरा सशांकले अस्वीकार गरेपनि महामधिवेशनले भने देउवाको अर्काे चाहाना पुरा गरिदिएको छ । सशांक  देउवाका महामन्त्री बनेका छन् । देउवा प्यानलबाट चुनावी मैदानमा उत्रेका ससुरा ज्वाई अर्जुननरसिंह केसी र गगन थापालाई पराजित गरेपछि कोइरालाको उचाई अझै बढेको छ ।

देउवा सशांकलाई महाधिबेशनअघि राखेको प्रस्ताव महाधिबेशनपछि पुरा गर्छन या गर्दैनन् । यसैमा यी दुई जनाको यात्रामा निर्भन गर्नेछ । देउवा र सशांकबीच राजनीतिकरुपमा धेरै भिन्नता छैनन् । देउवा गणतन्त्रमा अडिग भएपनि धर्मनिरपेक्षा र संघियताका पक्षमा स्पष्ट छैनन् । धर्मनिरपेक्षता शब्द हटाएर हिन्दुराष्ट कायम गर्न सकिने प्रतिवद्धता ८ महिनाअघि देउवाले दिल्लीमा गरिसकेको चर्चा नेपाली राजनीतिक बजारमा अझै सेलाएको छैन । नवनिर्वाचित महामन्त्री कोइरालाले गणतन्त्र, धर्मनिरपेक्षता र संघियतामा पुर्नविचार गर्नुपर्ने आफ्नो प्रस्ताव निर्वाचनकै मुखमा गरेका थिए । तिनै कोइलालाई कांग्रेस प्रतिनिधीहरुले अत्याधिक मतबाट बिजयी बनाएका छन् ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice