प्रचण्ड र बाबुरामको आज लिखित डिभोर्स !

काठमाण्डौ, २५ फागनु । एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र पूर्वउपाध्यक्ष तथा नयाँ शक्तिका संयोजक बाबुराम भट्टराईबीच आज लिखित डिभोर्स हुने भएको छ । ३० बर्षे लामो राजनीतिक संगत गरेका प्रचण्ड र बाबुरामको पत्रकार नेत्र पन्थीले आज लिखित डिभोर्स गराउने भएका छन् ।
विहान साढे ११ बजे वानेश्वरस्थित अल्फाबिटा हाउसमा पत्रकार पन्थीले प्रचण्ड र बाबुराम भट्टराईको ३० बर्षे राजनीतिक यात्रा र त्यसपछिको सम्बन्ध बिच्छेदलाई लिएर पुस्तक प्रकाशन गर्दैछन् । प्रचण्ड र बाबुरामको ‘डिभोर्स’ नाम दिइएको पुस्तक आज विमोचन हुने भएको छ ।
पत्रकार पन्थी बामपन्थी लेखक हुन् । माओवादी युद्ध र त्यसपछि भएपछि गतिविधिमा गहिरो ज्ञान राख्ने पत्रकार पन्थीले यसअघि पनि केही पुस्तक लेखि सकेका छन् । माओवादीभित्रका यौनकाण्डदेखि बिचारिक चर्चासम्म चियो उनले यसअघि नै गरिसकेका छन् ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice