bijaystdClass Object ( [error_code] => 12 [error_msg] => REST API is deprecated for versions v2.1 and higher (12) [request_args] => Array ( [0] => stdClass Object ( [key] => method [value] => fql.query ) [1] => stdClass Object ( [key] => format [value] => json ) [2] => stdClass Object ( [key] => query [value] => SELECT url, normalized_url, share_count, like_count, comment_count, total_count, commentsbox_count, comments_fbid, click_count FROM link_stat WHERE url = http://yeskathmandu.com/2016/03/22514 ) ) )

देउवालाई हराउने योजना याक एण्ड यतिमा, पौडेललाई हराउने योजना बानेश्वरमा बन्यो

काठमाडौं, २४ फागुन । दोस्रो चरणको निर्वाचन परिणाम आफ्नो पक्षमा पार्न  कार्यबहाक सभापति रामचन्द्र पौडेल र वरिष्ठ नेता शेरबहामदुर देउवा विहानै देखि बैठकम ब्यस्त भएका छन् । अन्तिम चरणको चुनावी रणनीति बनाउन पौडेल पक्षधर नेताहरुको बैठक याक एण्ड यतिमा सुरु भएको छ भने देउवा पक्षको बैठक बानेश्वरस्थित सम्पर्क कार्यालय बसेको छ ।

दुवै प्यानलले चुनावी समिक्षा र सभापति पद जित्ने रणनीति बनाइरहेका छन् । उनीहरुले आन्तरिक र वाह्य समिक्षा समेत गरिहेका छन् । आजै दिउँसो २ बजेदेखि सुरु हुने मतदानमा दुवै पक्षले बलियो उपस्थिति जनाउने संकेत गरेका छन् ।

याक एण्ड यतिमा बसेको संस्थापन पक्षको बैठकमा सभापतिका उम्मेद्धार पौडेल, महामन्त्री प्रकाशमान सिंह, डा. रामशरण महत, शेखर कोइरालाको सहभागिता रहेको छ भने देउवा पक्षको भेलामा खुमबहादुर खड्का, बालकृष्ण खाँड लगाएतका नेताहरु सहभागि भएका छन् ।

बैठक बस्नुभन्दा अघि सभापतिका उम्मेद्धार रामचन्द्र पौडेलले निर्णायक मानिएका महामन्त्री कृष्णप्रसाद सिटौलासँग भेट गरेका छन् । उनले आफुलाई सहयोग गर्न आग्रह गरेको स्रोतले बताएको छ । सिटौलासँग भेट गरेपछि पौडेल केही आशाबादी देखिएका छन् ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice