देउवा प्यानलले पदाधिकरीको टुंगो लगायो, महामन्त्रीमा केसी र कोषाध्यक्षमा चित्रलेखा

काठमाडौं, १९ फागुन । नेपाली कांग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाले आफ्नो पदाधिकरी टिमको टुंगो लगाएका छन् । महामन्त्रीमा अर्जननरसिंह केसी र कोषाध्यक्षमा चित्रलेखा यादव चुनावी मैदानमा जाने भएका छन् ।

महामन्त्री पदमा अघिल्लो साता केसीको टुंगो लागेपनि कोषाध्यक्ष पदमा भने देउवा र खुमबहादुर खड्काबीच कुरा मिल्न सकेको थिएन । देउवाले मनोनित महामन्त्री खड्कालाई बनाउने र खड्काले कोषाध्यक्षमा अगाडी सारेकी पुष्षा भुषालको स्थानमा चित्रलेखा यादव ल्याउने दुई नेताबीच सहमति भएको स्रोतले बताएको छ ।

मनोनित महामन्त्री पाउने भएपछि खड्काले पुष्पा भुषाललाई पछाडी सारेका छन् । तर देउवा प्यानलको टीम मिलाउने जिम्मा भने खड्काले पाएका छन् । प्रदेश र खुल्ला, जनजाति सवैको उम्मेद्धारीलाई अन्तिम टुंगो खड्काले लगाउने भएका छन् ।

कोषाध्यक्ष पदमा देउवा प्यानलबाट तीन जनाको नाम अगाडी आएको थियो । वालकृष्ण खाँड, चित्रलेखा यादव र भुषालको नाममा लामो छलफल भएको थियो । स्रोतका अनुसार देउवा बालकृष्ण खाँडलाई ल्याउन चाहान्थे तर मधेसबाट प्रतिनिधत्व नराए चुनावमा समस्या हुने देखेपछि यादवलाई अगाडी सारेको हुन् । खाँडलाई सहमहामन्त्री बनाउने आश्वासन देउवाले दिएका छन् ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice