bijaystdClass Object ( [error_code] => 4 [error_msg] => Application request limit reached (4) [request_args] => Array ( [0] => stdClass Object ( [key] => method [value] => fql.query ) [1] => stdClass Object ( [key] => format [value] => json ) [2] => stdClass Object ( [key] => query [value] => SELECT url, normalized_url, share_count, like_count, comment_count, total_count, commentsbox_count, comments_fbid, click_count FROM link_stat WHERE url = http://yeskathmandu.com/2016/02/22197 ) ) )

भोट माग्न देउवाले बनाए टास्क फोर्स, रामचन्द्र नेता ब्यवस्थापनमै ब्यस्त

नेपाली कांग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाले आफु र आफ्नो प्यानललाई चुनाव जिताउन ‘टास्क फोर्स’ परिचालन गरिसक्दा पनि संस्थापन पक्षबाट रामचन्द्र पौडेल अझै सर्वसम्मत उम्मेद्धार बन्न सकेका छैनन् । संस्थापन पक्षका नेताहरुलाई आश्वासन बाँडेदैमा उनी ठिक्क छन् ।

काठमाडौं, १७ फागुन । नेपाली कांग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाले आफु र आफ्नो प्यानललाई चुनाव जिताउन ‘टास्क फोर्स’ परिचालन गरेका छन् । सात प्रदेशका नेताहरुलाई मेटेर उनले टास्क फोर्स गठन गरेको उनी निकट स्रोतले बताएको छ ।

वानेश्वरमा सम्पर्क कार्यालय राखेर चुनावी अभियानमा जुटेका देउवाले दुई प्रकारको टास्क फोर्स निर्माण गरेका छन् । संस्थापन पक्षका असन्तुष्ट नेताहरुलाई समेटन पूर्णबहादुर खड्काको नेतृत्वमा एउटा फोर्स गठन गरेका छन् भने प्रत्येक प्रदेशलाई समेटने गरी अर्काे फोर्स गठन गरेको स्रोतले बताएको छ ।

संस्थापन पक्षका असन्तुष्ट नेताहरुसँग छलफल गरी देउवा प्यानलमा ल्याउन खड्का, प्रकाशशरण महत, विश्वप्रकाश शर्मा, गुरु बरालसहितको टोली निर्माण गरेका छन् । उनीहरुले संस्थापन पक्षका असन्तुष्ट नेताहरुसँग भेटघाट र छलफललाई तिव्रता दिएका छन् । पदाधिकारी पदमा उम्मेद्धार नहुँने नेताहरुलाई छानेर उनले उच्चस्तरिय फोर्स बनाएको स्रोतले बताएको छ ।

त्यसैगरी देउवाले प्रत्येक प्रदेशका आफु निकटका नेताहरुको छुट्टै फोर्स गठन गरेका छन् । प्रदेशबाट गठन गरिएको टोलीमा राजिव ढंगाना, बालकृष्ण खाँड, किशोरसिंह राठौर, किरण पौडेल, ऋषिकेश जंग शाह, नैनसिंह महर रहेका छन् ।

प्रदेशमा खट्टिएको टोलीले सवै प्रतिनिधहरुलासँग भेटघाट गर्ने र आवश्यक परे देउवासँग पनि प्रत्यक्ष भेट गराउने काम गर्न थालेको छ । सवै जिल्लाका प्रतिनिधीहरुका बस्ने ब्यवस्थापनको जिम्मा पनि यही टोलीले लिएको छ ।

सभापतिका अर्का प्रतिस्पर्धी रामचन्द्र पौडेल भने संस्थापनका नेताहरु ब्यवस्थापनमै हैरान भएका छन् । महाधिबेशन चलिरहेका बेला सभापति सुशील कोइरालाको निधन भएपछि संस्थापन पक्षबाट पाँच जना सभापतिका आकाँक्षी देखिएका थिए । आकाँक्षीहरुलाई मनाउन कार्यबहाक सभापति रामचन्द्र पौडेल धमाधम आश्वासन वाँड्न थालेका छन् ।

कोइरालाको निधन भएपछि कार्यबहाक सभापति रामचन्द्र पौडेल, महामन्त्रीद्धय प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला, गिरिजा पुत्री सुजाता कोइराला र डा. रामशरण महतले सभापतिमा दावेदारी पेश गरे । दावेदारी पेश गर्ने सवैलाई पौडेलले पदकै आश्वासन बाँडेका छन् । महामन्त्री प्रकाशमानलाई उपसभापति बनाउने आश्वासन दिएका छन् भने अर्का महामन्त्री सिटौलालाई संसदीय दलको नेता बनाउने आवश्वासन दिएका छन् । आश्वासनमा आश्वस्त हुँदै सिंहले सभापतिमा पौडेललाई सघाउने निस्कर्षमा पुगेका छन् भने सिटौलाले आफ्नो दावेदारी कायमै राखेका छन् । राजधानीका तीन स्थानमा सम्पर्क कार्यालय राखेर सिटौलाले सभापतिको प्रचार गरिरहेका छन् ।

कार्यबहाक सभापति पौडेलले सभापतिका अर्का आकाँक्षी डा. रामशरण महतलाई मनोनित महामन्त्री बनाउने बचन दिएका छन् । मनोनित महामन्त्रीको आश्वासन पाएपछि महत पौडेलका पक्षमा खुलेर भोट माग्न थालेका छन् । उनले पौडेललाई संस्थापन पक्षको सर्वसम्मत उम्मेद्धार बनाउन पनि लागि परेका छन् ।

पौडेलले विभिन्न पद विभिन्न नेताहरुलाई बाँड्दै गएपछि र बिधानपनि संशोन हुन नसक्ने भएपछि गिरिजा पुत्री सुजाता कोइराला पनि सभापतिमा उम्मेद्धारी घोषणा गरेकी छिन् । उनलाई भावी सरकारमा उपप्रधानमन्त्री बनाउने आश्वासन पौडेलले दिएका छन् । पौडेलको आश्वासनलाई उनले अझै विस्वास गरि नसकेको उनी निकट स्रोतले बताएको छ ।

One thought on “भोट माग्न देउवाले बनाए टास्क फोर्स, रामचन्द्र नेता ब्यवस्थापनमै ब्यस्त

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice