bijaystdClass Object ( [error_code] => 12 [error_msg] => REST API is deprecated for versions v2.1 and higher (12) [request_args] => Array ( [0] => stdClass Object ( [key] => method [value] => fql.query ) [1] => stdClass Object ( [key] => format [value] => json ) [2] => stdClass Object ( [key] => query [value] => SELECT url, normalized_url, share_count, like_count, comment_count, total_count, commentsbox_count, comments_fbid, click_count FROM link_stat WHERE url = http://yeskathmandu.com/2016/02/22162 ) ) )

संसदीय दलको नेता बनाउने पौडेलको प्रस्ताव सिटौलाद्धारा अस्वीकार

काठमाडौं, १६ फागुन । महामन्त्री कृष्णप्रसाद सिटौलालाई संसदीय दलको नेतामा आश्वासन दिँदा पनि सभापति पदको दावेदारी नछोडेपछि कार्यबहाक सभापति रामचन्द्र पौडेल तनावमा परेका छन् ।
शनिवार कार्यबहाक सभापति पौडेलले संसदीय दलको नेता बनाउने आश्वासन सिटौलालाई दिएका थिए । तर सिटौलाले पौडेलको प्रस्ताव अस्वीकार गरेका छन् । ‘मेरो उम्मेद्धारी सभापतिमा हुन्छ, त्यसका लागि मैले धेरै गृहकार्य गरिसकेको छु’ आइतबार विहान सिटौलले पौडेललाई भने ‘बरु तपाई अभिभावक र भावी प्रधानमन्त्रीका लागि तयार हुँदा राम्रो ।’
पौडेलले अर्का महामन्त्री प्रकाशमान सिंहलाई पनि उपसभापति र संसदीय दलको नेता दिने आवश्वास दिएका छन् । पौडेलको आवश्वासनलाई विश्वास गर्दै सिंहले समर्थन गर्ने जनाइसकेका छन् । तर सिटौलाले आफ्नो हठ नछाडेपछि पौडेल तनावमा परेका छन् ।
पौडेलले सिटौलालाई मनाउन तीन दिनअघि डा. रामशरण महत, दिलेन्द्र प्रसाद बडु र शेखर कोइरालाको टिम बनाएका थिए । तर टीमले सिटौलालाई मनाउन नसकेपछि पौडेल आफै सिटौला निवास पुगेका थिए । सिटौला निवासमा भएको भेटमा आफुलाई सहयोग गर्ने पौडेलले आग्रह गरेको स्रोतले बताएको छ ।

7 Comments

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice