किन तुहाउँछन् डोल्पालीहरु छोरी ?

काठमाडौं, १६ फागुन । शिक्षा, सामाजिक चेतना र आधुनिकताबाट निकै टाढा रहेपनि ठुला सहरबाट सुरु भई महामारीजसरी डोल्पासम्म आइपुगेको छ स्त्री भ्रुण हत्याको रोग । भौगलिक विकटता र न्यूनतम स्वास्थ्य सेवाबाट बच्चित नेपालको अन्यन्तै विकट यो जिल्लाबाट गर्भवती आमा नेपालगन्जसम्म पुगी लिंग पहिचान गर्ने र छोरी भएमा तत्काल भु्रणमै हत्या गरि फर्किने गरेका छन् ।
विभिन्न खाले आर्थिक र सामाजिक कारण देखाउँदै त्यस्ता खाले आमाहरुले जाँच गर्दा छोरी भएमा गर्वपतन गरी फर्केको अन्नपूर्ण पोष्टसँग स्वीकार गरेका छन् । अधिकाँस आमाहरुलाई त्यसबारे खेद वा प्रायश्चित भाव छैन ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice