bijaystdClass Object ( [error_code] => 12 [error_msg] => REST API is deprecated for versions v2.1 and higher (12) [request_args] => Array ( [0] => stdClass Object ( [key] => method [value] => fql.query ) [1] => stdClass Object ( [key] => format [value] => json ) [2] => stdClass Object ( [key] => query [value] => SELECT url, normalized_url, share_count, like_count, comment_count, total_count, commentsbox_count, comments_fbid, click_count FROM link_stat WHERE url = http://yeskathmandu.com/2016/02/22128 ) ) )

शिक्षण अस्पतालको आँगन शोकमा डुब्यो, को-पाइलट रानाकी आमा शव अगाडी बेहोस (फोटोफिचर)

काठमाडौ, १५ फागुन । शिक्षण अस्पतालको प्राडगनमा शनिवार दिउँसो निकै भिड थियो । त्यही भिडमा एक महिलालाई अन्य महिलाले समातिरहेका थिए । त्यतिकैमा शव बोकेको एम्बुलेन्स आइपुग्यो । एम्बुलेन्स रोकिन नपाउँदै आँखाभरी आँसु पारेकी ति महिला झम्टिनै पुगिन र एम्बुलेन्सभित्र छिरिन । एम्ब्लेन्समा छिरे लगतै ठुलो स्वरमा दर्दनाक आवाज निकालेर रुन थालिन । उनको दर्दनाक आवाज सुनेर सवैका आँखामा भारी बर्षा भयो । दर्दनाक आवाज निकाल्दै रुने ति महिला एक्कासी ढलिन र त्यही बेहोस भइन ।

यसरी एम्बुलेन्समै बेहोस हुने महिला हुन् कालिकोट विमान दुर्घटनामा निधन भएका को पाइलट सन्तोष रानाकी आमा यमकुमारी । एम्बुलेन्सभित्रै छिरेर छोराको शव झम्टेर आमा यमकुमारी डाँको छोडेर रुँदा त्यहाँको माहोल एकाएक शोकमा डुबेको थियो । केहीबेरमै आमा यमकुमारी छोराको शवको आडैमा अचेत भएर ढलेकी थिइन ।

छोरा गुमाएको पीडामाथि पूर्वमन्त्री एवं एमाले नेता दलबहादुर रानालाई पत्नी अचेत भएपछि थप भार थपियो । उनका पनि आफ्नै खुट्टामा उभिने ताकत थिएन । त्यहाँ जुटेका अफन्तले ढलेकी आमालाई छोराको शव बोकेकै एम्बुलेन्समा राखेर अस्पताल दौडाए।शिक्षण अस्पतालमा पाइलट दिनेश न्यौपानेका परिवारको अवस्था पनि उतिकै भावविव्ह्ल थियो। न्यौपानेका परिवारजन र आफन्तको रुवाईले अस्पतालको आँगन शोकमग्न बन्यो।2 346

9 Comments
  1. र्घटनाको दोश्रो पाटो:- दिनहु जस्तो सबारी दुर्घटना र महिनामा १ हवाइजहाज दुर्घटना अब नर्मल माने भयो / जब कुनै राजमार्ग बनाइन्छ 70 % त सर्बे ,कमिसन र नाफामै जान्छ / बाँकी 30 % खर्च गरेर बनेको बाटो साँगुरो र असुरक्षित हुन्छ / पिच पनि १ बर्ष भित्रमा नाम निशाना नै मेटिन्छ र खाल्टा पर्न थाल्छ / अनि सबारी दुर्घटना नहुने त् कुरै छैन / न कुनै मापदण्ड निर्धारण गरेर सडक बनाइन्छ न निर्माण कम्पनीलाई कारबाही गरिन्छ / बर्सै पिछे पिच गर्न सम्भव हुदैन त्यशैले बाटो यति टनको गाडी कुद्ने हुदा यति मोटो पिच हुनुपर्छ भनेर मापदण्ड खोइ ? गाडी वा प्लेन खसे बिमा बाट अर्को किन्ने पैशा आइहाल्छ /जनता मरे मारुन के मतलब ! तर कहिले काँही दुर्घटनामा आफु पनि पर्न सकिन्छ वा आफन्त पनि पर्न सक्छन भन्ने कुरा सोच्दैनन् / आराम दायक यात्रा गर्न पाउनु पर्ने हो तर अफिश आउदा जादाको यात्रामा दिन भरि काम गर्दा भन्दा बडता थाकिन्छ/
    मापदण्ड बिपरित २० बर्ष पुराना जाँहाज किन उडाउन दिइन्छ ? बिदेशी संग ऋण र लोन लिएर देश र जनताको टाउकोमा ऋणको भारि बोकाउने काम मात्र भएको छ / न राजीनितिक पार्टी यस्ता कुरा उठाउछन् न समन्धित निकाय नै ? हुन त् चुनाब खर्च तिनै कमिसन खोर र भस्टचारी बाट आउँछ अनि उनि हरुको विपक्षमा बोल्लने त् कुरै भयन /
    बाटो बनाउदा मैले देखेको छु सिमंटीमा प्रयाप्त पानि नै हाल्दैनन, अनि त्यस्तो बाटोको पर्खाल फोस्को र कमसल हुन्छ / बाटो गतिलो नहुदा सबारी साधन बिग्रेर हैरान पार्छ / प्रति महिना मर्मत खर्च मात्र एउटा सबारी साधनको रु ५ हजार देखि एकलाख सम्म हुन्छ / त्यो पैशा आधा मात्र राम्रो पिच गर्न लगाउने हो भने पुरा काठमाडौँ १० बर्ष नभत्किने पिच गर्न सकिन्छ / कच्ची बाटोले गर्दा धुलो उडेर बिरामी पर्नेको उपचार खर्च हेर्ने हो भने अरबौको छ / जन धनको क्षेतीको त् झन् के कुरा गर्नु ? अनि कच्ची बाटोले गर्दा गाडीले तेल पनि बडी खान्छ र भारा लागत पनि महँगो पर्छ/ हाम्रो बाटोको मापदण्ड कहिले बन्नला ? ठेकेदारले तजबिजले बनायको बाटोले कस्तो आधुनिक नेपाल बन्नला ? सडक बिभाग अब त् सोच ? नागरिक उद्ध्यन मन्त्रालय र निर्माण तथा यातायात मन्त्रालय कानमा तेल हालेर बसे सम्म यस्ता दुर्घटना कम हुदैन /

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice