पौडेलप्रति आक्रोसित हुँदै सुजाताको सभापतिमा उम्मेद्धारी घोषणा

काठमाडौ, १५ फागुन । नेपाली कांग्रेसको संस्थापन पक्षमा गिरिजा पुत्री सुजाता कोइरालालाई नसमेटेपछि सभापतिमा उम्मेद्धारी दिने घोषणा गरेकी छिन् । शनिवार राजधानीमा आयोजित कार्यक्रममा बोल्दै कोइरालाले १३औं महाधिवेशनमा सभापातिका लागि उम्मेद्धारी दिने घोषणा गरेकी हुन् ।
संस्थापन पक्षबाट सभापतिमा उम्मेद्धारी दिन लागेका पौडेलले आफुलाई नसमेटेपछि उनी आक्रोसित भएकी छिन् । पौडेल समुहमा महामन्त्री कृष्णप्रसाद सिटौला, नेता गगन थापा पनि अटाउन नसकेपछि छुट्टै उम्मेद्धारीको तयारी गरेका छन् ।
सुजााले भनिन्  मैले बार्गेनिङ्गको लागि सभापति पदमा उम्मेदवारी घोषणा गरेकी होइन । विपीको विचार र गिरिजाबाबुको लक्ष्य पुरा गर्न सभापतिमा उम्मेद्धारी दिन लागेकी हुँ । पार्टीभित्र गिरिजाप्रसादको इतिहास समाप्त पार्ने र आफूलाई एक्ल्याउने पौडेलले लागेको समेत बताइन ।
उनले देशभरका कार्यकर्ताले आफुलाई समर्थन गर्ने दावी समेत गरिन । म देशभर घुमेकी छु सवैले मलाई नै अगाडी बढ्नु परयो भनेका छन् म पछि हटदिँन, उनले भनिन् ।

One thought on “पौडेलप्रति आक्रोसित हुँदै सुजाताको सभापतिमा उम्मेद्धारी घोषणा

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice