bijaystdClass Object ( [error_code] => 12 [error_msg] => REST API is deprecated for versions v2.1 and higher (12) [request_args] => Array ( [0] => stdClass Object ( [key] => method [value] => fql.query ) [1] => stdClass Object ( [key] => format [value] => json ) [2] => stdClass Object ( [key] => query [value] => SELECT url, normalized_url, share_count, like_count, comment_count, total_count, commentsbox_count, comments_fbid, click_count FROM link_stat WHERE url = http://yeskathmandu.com/2016/02/22083 ) ) )

कालिकोटमा यसरी खस्यो विमान (प्रत्यक्षदर्शी)

करविर बुढा (स्थानीय शिक्षक )
म बिद्यालयमा पढाउँदै थिए । आकाशमा जहाज उडेको आवाज आइरहेको थियो । नजिकै आकाशमा विमान देखेपछि सवै बिद्यार्थी कोठाबाट बाहिर निस्के । त्यही बेला हामीपनि निस्कियौ ।
हाम्रो बिद्यालय भन्दा केही पर समथर ठाउँमा जहाज खस्यो । पाइलटले जहाजलाई धेरैसम्म बचाउन खोजेको देखिन्छ । नत्र भने जहाज पहाडमा ठोकिन सक्थ्यो । समथर ठाउमा अवतरण गराउन खोजेका थिए । त्यही बेला जहाज खस्यो । जहाजले केही जमिन पनि जोतेको छ ।
त्यसपछि हामी जहाज दुर्घटना भएको ठाउँमा पुग्यो । स्थानीय स्वास्थ्यकर्मी पनि पुगे । जहाजमा फुटेका सिसाबाट कोही बाहिर निस्किँदै थिए । कोही भित्रै चिच्याउँदै थिए । हामीले सवैलाई बाहिर निकाल्यौ । धेरैलाई चोट लागेको छ । कसैको खुट्टा भाँचिएको छ भने कसैको हात, टाउँको चोट लागेको छ ।
घाइतेलाई तत्काल उपचार गर्नुपर्ने आवश्यकता छ । नत्र भने समस्या हुने देखिएको छ । यहाँ आजत जावत गर्न सडक पनि छैन । एक पाइलट र अर्का ब्यक्ति निकै घाइते र अचेत अवस्थामा थिए । उनीहरु जिवित छन् या मृत त्यो भने अहिले भन्न नसकिने अवस्थामा छन ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice