bijaystdClass Object ( [error_code] => 12 [error_msg] => REST API is deprecated for versions v2.1 and higher (12) [request_args] => Array ( [0] => stdClass Object ( [key] => method [value] => fql.query ) [1] => stdClass Object ( [key] => format [value] => json ) [2] => stdClass Object ( [key] => query [value] => SELECT url, normalized_url, share_count, like_count, comment_count, total_count, commentsbox_count, comments_fbid, click_count FROM link_stat WHERE url = http://yeskathmandu.com/2016/02/21985 ) ) )

संघीय समाजवादी फोरम नेपालको विद्यार्थी संगठनमा हात हालाहाल

लोकराज रुम्दाली
काठमाडौं, १२ फागुन । संघीय समाजवादी फोरम नेपाल निकट विद्यार्थी संगठन अग्रगामी विद्यार्थी युनियनको एकीकरण कार्यक्रममा हात हालाहाल भएको छ ।
काठमाडौंको शान्तिनगरमा आयोजित कार्यक्रममा विवाद उत्पन्न भएपछि हात हालाहालको अवस्था सिर्जना भएको हो । तत्कालिन अशोक राई नेतृत्वको संघीय समाजवादी पार्टी नेपाल, उपेन्द्र यादव नेतृत्वको मधेसी जनअधिकार फोरम नेपाल र युवराज कार्की नेतृत्वको खस समावेशी पार्टी बिच एकिकरण भएपनि विद्यार्थी संगठन बिच एकीकरण हुन बाँकी नै थियो । मंगलबार एकीकरणका लागि आयोजित कार्यक्रममा बारा र पर्साका विद्यार्थी नेतालाई केन्द्रिय पदाधिकारीमा समावेश नगरिएको  भन्दै उत्पन्न भएको विवाद हात हालाहालको अवस्थामा पुगेको हो । ‘आन्तरिक विवादका कारणले परिस्थिती उत्तेजना तर्फ मोडियो’, अग्रगामी विद्यार्थी युनियन आरआरका अध्यक्ष झिल खिम्बुले ले भने,‘एकीकरण जस्तो बृहत्त विषय भएकाले बेलाबेला परिस्थिती उत्तेजक हुनु अस्वाभाविक होइन ।’ एकीकरण पछिको कमिटी घोषणा गर्दैगर्दा विवाद उत्पन्न भएको हो ।

6 Comments

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice