ओलीलाई राष्ट्रपति भवनमा भारतीय प्रधानमन्त्री मोदीद्वारा स्वागत

काठमाडौं, ८ फागुन । भारतीय समकक्षी नरेन्द्र मोदीको निमन्त्रणामा ६ दिने भारत भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई शनिबार बिहान राष्ट्रपति भवनमा स्वागत गरिएको छ ।
ओलीलाई राष्ट्रपति भवनमा स्वागतका साथै ‘गार्ड अफ अनर’ समेत प्रदान गरिएको हो । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको उपस्थितीमा ‘गार्ड अफ अनर’ ग्रहण गरेपछि ओली राजघाटस्थित महात्मा गान्धीको समाधीस्थल तर्फ गएका छन् । समाधीस्थलबाट फर्किएपछि ओलीले राष्ट्रपति भवनमा नै भारतीय विदेशमन्त्री सुषमा स्वराजसंग भेट गर्ने कार्यक्रम तय भएको छ । स्वराजसंगको भेटपछि प्रधानमन्त्री ओलीले भारतीय समकक्षी नरेन्द्र मोदीसंग हैदरावाद हाउसमा दिउँसो १२ बजे भेटवार्ता गर्ने भएका छन् । मोदीसंगको भेटपछि पनि ओलीको भेटवार्ता जारी रहनेछ । उनले भारतीय आजै भारतीय गृहमन्त्री राजनाथ सिंह, अर्थमन्त्री अरुण जेटली र भारतीय राष्ट्रपति प्रणव मुखर्जीसंग भेट गर्ने भएका छन् । ओलीसँगै कार्यक्रममा नेपालका तर्फबाट उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापा, गृहमन्त्री शक्ति बस्नेत, अर्थमन्त्री विष्णु पौडेल पनि सहभागी थिए । भारतका लागि नेपालका राजदूत दीपकुमार उपाध्यायको पनि कार्यक्रमा उपस्थिति थियो ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice