मेरो हाउडे मायाले गायिका बनायोे

काठमाडौं, ६ फागुन । हाम्रो एउटा केटा साथी थियो, निकै रमाइलो र मजाकी । विस्तारै थाहा भयो त्यसका पाँच गर्ल फ्रण्डे रहेछन्, त्यो थाहा पाएलगतै मलाई एउटा गित फुरयो हाउडे माया । त्यही हाउडे मायाले शिर्जना खत्रीलाई अहिले गायिका बनाएको छ । शिर्जनाले पहिलो पटक शिर्जना गरेका हाउडे माया अहिले बजारमा निकै चर्चित छ ।
पप आधुनिक गित हाउडे माया शिर्जनको पहिलो गित हो । पहिलो गितमै चर्चामा आउन सफल भएकी शिर्जनाले छिट्टै लोक पप र आधुनिक पपका एल्बमहरु निकाल्ने तयारीमा छन् । मिठो र सुरिलो आवाज भएकी शिर्जनाले केही बर्ष संगित पनि सिकिन । संगित सकिए लगतै उनले हाउडे माया निकालकी हुन् ।
उनको पाँच गल्र्स फ्रेण्डवाला साथीको चरित्रमा आधारित भएर गित बनाइएको छ । आधुनिक पारामा निर्माण भिजुलाइज गरिएको डिभिडी यूट्वमा पनि राखिएको छ । गितमा विनोद न्यौपाने र विनु खड्काले अभिनय गरेका छन् भने २ फागुन भ्यालेन्टाइन डेमा रिलिज गरिएको छ ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice