• शुक्रबार ०३, कार्तिक २०७४

म जितको मैदानबाट भन्छु देशलाई अझै ठुलो खुसीयाली दिन्छौ

२३ बर्षपछि साग म्याम्पियन बनेपछि नेपाली फुटवल टोलीको देशमा भब्य स्वागत भएको छ । देश प्रवेश गरेदेखि खेलाडीहरुको जयजयकार भइरहेको छ । यस्तो बेला नेपाली फुटवल टोलीका क्याप्टेनका मनमा के कुरा खेलिरहेको होला ? क्याप्टेन विराज महर्जनसँग गरिएको कुराकानी ।

तपाईहरु साग फुटवल खेल्न जाँदा यति यति सफलता मिल्ला जस्तो लागेको थियो ?

कुनै पनि खेल राम्रो खेल्ने हो, जितका लागि मात्र खेलिदैन । तर साग जस्तो खेल देशका लागि जित्नै पर्ने हो । हामी यहाँबाट जाँदा राम्रो खेल्छौ भन्ने लागेको थियो तर उपाधि नै जित्छौ भन्ने लागेको थिएन ।

उपाधि जितेर फर्किदा यति धेरै स्वागत र माया पाउँछौ भन्ने लागेको थियो ?

यति सारै माया पाउँछौ भन्ने त हामीलाई लागेको थिएन । फुटवललाई नेपाली दर्शकले धेरै माया गर्नुुहुन्छ भन्ने सुनेका थियौँ, तर यसपटक अनुभुति गरयौ । देशबासीको मायाले हामीलाई सरपाइज बनाएको छ । हामी धेरै खुसी छौ ।

२३ बर्षपछि नेपाली फुटवलले यति ठुलो उपलब्धी हात पारेको छ, भावी दिनमा तपाईहरुलाई कस्तो प्रेरणा दिन्छ ?
यसले हामीलाई अपार हौसला दिएको छ । तर म सम्पूर्ण देशबासीलाई के भन्न चाहान्छु भने हामी देशका लागि खेल्छौ, यो भन्दा ठुलो जित र उपलब्धी गरेर हामी देखाउँछौ । देखाउने उत्साह हामीमा जागेको छ । भविश्यमा हामी यो भन्दा राम्रो गरेर देखाउने हामी सवैमा उत्साह जागेको छ ।

उपाधीले प्रेरणा त दियो, यो भन्दा ठुला उपलब्धी हाँसिल गर्न अरु चाहिँदैन र ?

नेपाली फुटवलमा विश्वस्तरमा पुरयाउन हालको उपाधीले मात्र पुग्दैन । यसका लागि एउटाले मात्र हैन सवैले सामान पहल गर्नु पर्दछ । सरकार, नेपाली जनता, फुटवल प्रेमी सवैले सहयोग गर्नु पर्दछ ।

कस्तो खाल्को सहयोग भन्न खोज्नु भएको हो ?

सवैभन्दा पहिले हामीलाई तालिकको राम्रो ब्यवस्था हुनु परयो । त्यसका लागि सरकारले पहल गर्नु परयो । त्यसपछि खेलाडीको खानपिनको ब्यवस्था गरिदिनु परयो । एउटा खेलाडीलाई चाहिने आधारभुत सवै कुरा उपलब्ध गराउनु परयो । खेल यो भन्दा राम्रो बनाउने बातावरण दिनु परयो ।

साग च्याम्पियन बन्नु भएको छ, अब त कति कुरा तपाईहरुले पनि माग्नु परयो नी ?

हामीले माग गर्दैमा सवै कुरा कहाँ हुन्छ र ? खेलाडीका लागि आवश्यक कुरा सवै पक्षले ध्यान दिनु परयो । एक पक्षले मात्र ध्यान दिएर हुँदैन ।

शक्तिशाली राष्ट भारतबिरुद्ध जित हाँसिल गर्दा तपाई क्याप्टेन हुनुहुन्थ्यो ? कस्तो अनुभुति भयो ?

म र मेरो टीमलाई यति खुसी भयो की म अहिले बयान गर्न सक्ँिदन । हामी र प्रशिक्षक मात्र नभई खेल हेर्न पुगेका दर्शक पनि धेरै खुसी भए । हाम्रो देश नेपाल दुखी छ यति बेला तर मैदानमा हामीले धेरै खुसी भयौ । त्यही जितको मैदानबाट सवै खेल, प्रेमी र देशबासीलाई खुसी दिन सकेकोमा हामी झन खुसी छौ ।
विराज महर्जन(क्याप्टेन)

8 Comments
  1. Hello, i think that i saw you visited my site so i came to “return the favor”.I’m attempting to find things to improve my website!I suppose its ok to use some of your ideas!!

  2. Aw, this was an incredibly good post. Spending some time and actual effort to make a good article… but what can I say… I put things off a whole lot and don’t seem to get nearly anything done.

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice