नेपाली कांग्रेस काठमाडौं सभापतिमा सबुज बानियाँ निर्वाचित

काठमाडौं, ५ फागुन । नेपाली कांग्रेस काठमाडौं सभापतिमा सबुज बानियाँ निर्वाचित भएका छन् ।
बुधवार भएको नेपाली कांग्रेसको जिल्ला अधिवेशनबाट बानियाँ सभापतिमा निर्वाचित भएका हुन् । बानियाँले आफ्ना प्रतिद्वन्द्वी भिमसेनदास प्रधानलाई पराजित गर्दै सभापतिमा निर्वाचित भएका हुन् । बिजयी बानियाँले ६५३ मत ल्याएका हुन् भने उनका प्रतिद्वन्द्वी निवर्तमान काठमाडौं जिल्ला सभापति प्रधानले ५६३ मत प्राप्त गरेका छन् । सचिव र कोषाध्यक्ष पदमा समेत बानियाँ कै प्यानल बिजयी भएको छ । सचिवमा राजकुमार नकर्मी निर्वाचित भएका छन् भने कोषाध्यक्षमा गोविन्द पुडासैनी बिजयी भएका छन् ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice