नेपालले भारतलाई हराएपछि प्रधानमन्त्रीले बालुवाटारमा लड्डु बाँडे

काठमाडौं, ४ फागुन ।  दक्षिण एसियाली मुलुकको सवैभन्दा शक्तिशाली देश भारतलाई हराउँदै नेपाल साग च्याम्पियन बनेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारमा खुसीयाली मनाएका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा केही नेताहरुसँग बसेर फाइनल खेल हेरेका प्रधानमन्त्री ओलीले  स्वर्ण पदक जिते लगतै लड्डु बाँडेका थिए । नेपाली फुटवल टोलीले २३ बर्षपछि जितको इतिहाँस पुनरागमन गरेको भन्दै ओलीले खुसीयाली मनाएका  हुन् ।

खेल सकिएको केही समयमै ओलीले बिज्ञप्ती जारी गरी नेपाली फुटवल टोलीलाई बधाई समे दिएका थिए । उनले जितको पुनरागमन भएको भन्दै खुसीयाली मनाएको स्रोतले बताएको छ ।

सोमबार भएको फाइनल खेलमा नेपालले भारतलाई २–१ गोल अन्तरले पराजित गर्दै साग च्याम्पियन बनेको थियो । यसअघि १९८४ र १९९३ मा स्वर्ण जिते पनि त्यस यता नेपालले राम्रो प्रर्दशन गर्न सकेको थिएन ।

फाइनल खेलको  ३१ औं मिनेटमा आदित्य चौधरीले विपक्षी खेलाडीलाई फल गरेपछि भारतले पेनाल्टी पाएको थियो । पेनाल्टीलाई गोलमा परिणत गर्दै भारतले अग्रता लिएको थियो ।

खेलको पहिलो हाफसम्म दवावमा रहेको नेपालले खेलको ६५ औ मिनेटमा फ्रि किक पाएको थियो । फ्रि किकलाई प्रकाश बुढाथोकीले गोलमा परिणत गरेपछि खेल बरावरीमा पुगेको थियो । त्यसपछि चम्केको नेपालले  ७१ औं मिनेटमा अर्काे गोल गरयो । नवयुग श्रेष्ठले गोलको प्रहारले अर्काे गोल भएपछि नेपालले २–१ को अग्रता लिएको थियो । त्यही अग्रताले नेपाललाई च्याम्पियन बनायो ।

2 Comments

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice