प्रधानमन्त्री ओलीको भारत भ्रमणमा को–को जादैछन ?

काठमाडौ ३ फागुन । फागुन ७ गतेदेखि हुने भनिएको प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणमा मन्त्री,सांसद,व्यापारी पत्रकार जाने भएका छन् । करिव ५० जना उक्त भ्रमणमा जाने बताइएको छ । प्रधानमन्त्री भएपछि  पहिलो भारत गर्न थालेका ओलीको भ्रमण टोली पनि जम्बो हुने बताइएको छ ।   सत्ता तथा  प्रमुख प्रतिपक्षी दलका नेताहरू पनि सहभागि हुने भएपछि भ्रमण टोली जम्बो हुने भएको हो ।

दिल्ली भ्रमण र त्यहाँ हुने सहमति दलीय आलोचना मुक्त बनाउन सबै मुख्य राजनीतिक दलका नेता तथा सांसदलाई टोलीमा समावेश गराउन लागिएको प्रधानमन्त्रीनिकट स्रोतले जनायो ।

प्रधानमन्त्रीका साथ उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री कमल थापा, गृहमन्त्री शक्ति बस्नेत र अर्थमन्त्री विष्णु पौडेल जानेछन् । प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार, कांग्रेस सहमहामन्त्री पूर्णबहादुर खड्कालाई टोलीमा समावेश गरिनेछ ।
एमालेबाट सांसदहरू लालबाबु यादव र राजन भट्टराई टोलीमा छन् ।

एमाओवादी, जनमोर्चा, राप्रपालगायत चार दलका चार सांसद भ्रमण टोलीमा हुनेछन् । प्रधानमन्त्रीकै दलका एक मन्त्री र अन्य दुई प्रमुख दलका मन्त्री पनि टोलीमा छन् । मिडियाका तर्फबाट राष्ट्रिय समाचार समिती र नेपाल टेलिभिजनबाट जाने बताइएको छ ।

प्रधानमन्त्री दिल्ली पुगेको भोलिपल्ट राजनीतिक भेटघाट सकेर पर्सिपल्टदेखि बाहिरको अध्ययन र निजी क्षेत्रको अन्तक्र्रियामा लाग्नेछन् । प्रधानमन्त्री ओली दिल्लीपछि मुम्बई जानेछन् । त्यहाँ भारतीय व्यापारिक समूहसँग नेपालका व्यापारीहरूसहित छलफल गर्नेछन् । त्यसपछि भूकम्पपछिको पुनर्निर्माण हेर्न गुजरातको भुज जानेछन् । त्यहाँबाट फर्केलगत्तै उनी टेरी डयामको अवलोकन गर्न उत्तराखण्ड पुग्नेछन् ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice