रामचन्द्रले भने ‘रगतले होइन साइनोले म कोइराला परिवारको सदस्य’

काठमाडौं, २ फागुन । सभापतिमा महामन्त्री प्रकाशमान सिंह र कृष्णप्रसाद सिटौलाले सजिलै नछोड्ने संकेत पाएपछि कांग्रेस संस्थापन पक्षको उम्मेद्धार बन्न कार्यबहाक सभापति रामचन्द्र पौडेलले पहिलो साथ कोइराला परिवारबाट खोज्न थालेका छन् । कोइराला परिवारलाई रिझाएर अन्य सहकर्मीसँग छलफल गर्ने योजना बनाएका पौडेलले कोइराला परिवारका सदस्य सशांक र शेखर कोइरालासँग छलफल गर्न थालेका छन् । सुजाता कोइरालाले पनि सभापतिमा दावी गरेपछि पौडेलले अन्तिममा उनीसँग संवाद गर्ने भएका छन् ।

शुक्रबार र शनिवार डा. शेखर कोइरालासँग लामो छलफल गरेका पौडेलले सोमबार सशांकसँग छलफल गर्ने भएका छन् । कोइराला परिवारको साथ भए आफु सभापति उम्मेद्धार मात्र नभई चुनावसमेत जित्ने आंकलन गरेका पौडेलले गिरिजा र सुशील कोइरालाको अनुयायी बन्न कोइराला परिवारको साथ खोजेका छन् । शनिवार शेखर कोइरालासँगको छलफलमा पौडेलले आफु कोइरालाबाट जीवनमा टाढा नभएको बताएका थिए । ‘म गिरिजाबाबु र सुशील दाको नजिक बसेर काम गरेँ, उहाँहरुसँग रगतको साइनो त छैन तर राजनीतिमा सवैभन्दा नजिकको  साइनो मेरै हो’ शेखरसँग पौडेलले भने ।

कोइराला परिवारका सवै सदस्यहरुसँग पौडेलले यस्तै भनाई राख्दै आएका छन् । उनले राजनीतिक साइनो र विपीदेखि सुशीलसम्मको साथ गरेको भन्दै आफु पनि कोइराला परिवारकै सदस्य भएको दावी गर्न थालेका छन् । पौडेलले सशांकसँग सोमबार छलफल गरेपछि सुजातासँग छलफल गर्ने योजना बनाएका छन् ।

संस्थापन पक्षका आफु उम्मेद्धार बन्न र त्यसका लागि वातावरण बनाउन पौडेले  कांग्रेस नेता महेश आचार्यलाई अघि सारेका छन् । आचार्यले संस्थापन पक्षका नेताहरुसँग प्रत्येक घण्टा छलफल गरिरहेका छन् । पौडेलका पक्षमा लामो समयदेखि आचार्य लागेका थिए । तर सुशील कोइरालाका अघि उनी बोल्न सकेका थिएनन् ।

One thought on “रामचन्द्रले भने ‘रगतले होइन साइनोले म कोइराला परिवारको सदस्य’

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice