कोइरालाको मृत्यु रहस्यमय बन्दै, राति ९ बजे बाथरुपमै लडेका थिए

काठमाडौं, २८ माघ । नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री सुशील कोइरालाको निधन जति अकल्पनीय भयो त्यो भन्दा बढि रहस्यमय बन्दै गएको छ । पूर्वप्रधानमन्त्री तथा देशकै ठुलो पार्टीको नेता मृत्युको मुखमा पर्दा समेत सरकार र आफ्नै दलका नेताहरुलाई जानकारी नभएपछि उनको मृत्यु रहस्यमय बन्न थालेको छ ।
कोइरालालाई किन अस्पताल लगिएन ?, किन सरकार र पार्टी नेतालाई विरामीको खवर गरिएन ? जस्ता प्रश्न कोइरालाका परिवारलाई आम नागरिक र पार्टी पंक्तिबाटै सोध्न थालिएको छ । तर कसैको जवाफ पनि कोइराला परिवारले दिएको छैन ।
स्रोतका अनुसार नेपाली कांग्रेसको आशन्न महाधिबेशनलाई लिएर कोइराला निकै चिन्तित थिए । उनी त्यही चिन्ताले रातभर निदाउन पनि सक्दैन्थे । कोइरालालाई केही दिनदेखि निन्द्रा लाग्ने औषधी परिवारले खुवाउँदै आएका थिए । औषधीका कारण उनी पहिले भन्दा केही कमजोर पनि भएका थिए ।
कमजोर अवस्थाका कोइराला सोमबार राति ९ बजे बाधरुप जाने क्रममा लडे । उनको निधारमा चोट लाग्यो । तर त्यसको खवर परिवारजनले कसैलाई दिएनन् । उनलाई उपचारका लागि अस्पताल पनि लगिएन । पाँच मिनेटको दुरीमा अस्पताल छन् । तर उनका निजी चिकित्सक प्रा.डा करवीरनाथ योगीले तत्काल एम्बुलेन्स नपाएका कारण अस्पताल नलिएको सफाई दिएका छन् । उनको सफाईलाई धेरैले अविश्वास समेत गरेका छन् । किनकी अस्पताल लिन लागि कोइराला चड्ने गाडी नै त्यही थियो ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice