आजदेखि साग खेलकुद प्रतियोगिता

काठमाडौ २२ माघ । आजदेखि भारतमा  १२ औं  दक्षिण एसियाली खेलकुद साग खेलकुद प्रतियोगिता हुदैँछ।

इन्दिरा गान्धी अन्तराष्ट्रिय रंगशालामा एक  समारोहबीच भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रतियोगिता उद्घाटन गर्ने कार्यक्रम रहेको छ । सागमा २३ वटा खेल समावेश गरिएको छ ।
सागमा नेपालसहित भारत, श्रीलंका, वंगलादेश, पाकिस्तान, अफगानिस्तान,भुटान र माल्दिभ्सले सहभागीता जनाउने छन्। २ हजार ६ सय खेलाडीले २ सय २८ स्वर्ण, २ सय २८ रजत र ३ सय ८ कास्यका लागि प्रतिप्रष्र्धा गर्नेछन्। नेपालबाट केही  दिन अघि नै प्रतियोगितमा भाग लिन खेलाडी गइसकेका छन् । १२ औं दक्षिण एसियाली खेलकुदको उद्घाटन मार्च पासमा नेपालको झण्डा स्नेहा राज्य लक्ष्मी राणाले बोक्ने भएकी छन् ।
 साग खेलकुद नेपालले २३ वटै खेलमा सहभागिता जनाउनेछ ।नेपाली खेल टोलीको नेतृत्व खेलकुद मन्त्री सत्यनारायण मण्डलले गर्नेछन्, जसमा २८४ खेलाडीसहित ५२२ जना छन् । १३ औं साग आयोजना गर्ने पालो नेपालको हुनेछ ।

 

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice