डिग्री होल्डर बिद्यार्थी अखिलको चुनावी मैदानमा

काठमाडौं, २० माघ । छोरा कलेज पढन जाने, त्यही कलेजमा बाबु राजनीति गर्ने धेरै बिद्यार्थी नेताको कथा छ । पञ्चालयकालदेखि विगतका केही बर्षसम्म बाबु छोरा एउटै कलजेका बिद्यार्थी समेत हुने गर्दथे । बर्षाैसम्म कलेजको मुख नदेख्ने तर राजनीति गर्न निरन्तर भर्ना भइरहने बिद्यार्थी नेताको कथा भने अहिले पातलिन थालेको छ ।
अनेरास्ववियू, नेपाल बिद्यार्थी संघ र अखिल क्रान्तिकारी बिद्यार्थी संगठनमा कलेज जाँदै गरेका ब्यक्ति बिद्यार्थी नेता बन्न थालेका छन् । पढाईमा अब्बल रहेका कतिपय बिद्यार्थी अहिले अखिलको महाधिबेशनमा होमिएका छन् । दर्जनभन्दा बढि डिग्री होल्डर बिद्यार्थी नेताहरु अखिल महाधिवेशनमा उम्मेद्धार बनेका छन् ।
यसरी उम्मेद्धार बन्नेमा अखिलका दोस्रो पुस्ताका अखिलका नेता महेश वतौला,रश्मी आचार्य,तुल्सीराम मैनाली,झपिन्द्र खत्री,राधिका खतिवडा, आरती लामा,कमला वोहरा,माधव पन्त,सुदेश पराजुली,अशेष घिमिरे,आरसी लामिछाने,सुनिता वराल, जिवन राई,निलकण्ठ उप्रेती,नारायण घर्ति,शिव पौडेल  जस्ता धेरै विद्यार्थी नेता अहिले मास्टर डिग्री होल्डर नै हुन् ।
पढाई र राजनीतिकसंगै गरेका उनीहरु पढेको मान्छेले नै राजनीतिक ग¥यो भने चाडै देशको परिवर्तन हुने उनीहरुको तर्क रहेको छ ।  पढेका मान्छेले जागिर मात्र खान्छन राजनीतिक गदैनन भन्ने चरितार्थलाई बदल्न हातमा डिग्री होल्डर लिएकाहरु ऋहिले विद्यार्थी राजनीतिमा होमिएका छन् ।
नेपाली स्नातकोत्तर र कानुनमा स्नातक गरेकी महासचिव पदकी उम्मेदवार राधिका खतिवडाले अखिल पढ्नेहरुको संगठन बनाउनका लागि आफू अध्ययनसंग विद्यार्थी राजनीतिक गर्ने गरेको बताउदछिन् । उनले अहिले देखिएको राजनीतिक पद्धतिलाई बदल्न आफू पढेर राजनीतिक गर्न थालेको बताउछिन । ‘अहिले राजनीतिकमा पद्धति विग्रिएको छ’उनी भन्छिन–‘त्यही पद्धतिलाई परिवर्तन र रुपान्तरण गर्न  राजनीतिमा लागेको हु ।
विद्यार्थी नेताहरुले क्याम्पस पढदै  राजनीतिक गरेका हुन्छ   । एकातिर पढाई अर्कोतिर राजनीतिक यी दुवै कुरासंगै लैजान  गा¥हो देखिन्छ । प्राय विद्यार्थी नेतालाई विद्यार्थी  राजनीतिकमा लागेपछि पढाईलाई निरन्तरता दिन सकिरहेका हुदैनन । तर अहिले भने विद्यार्थी नेताहरु राजनीतिक र पढाईलाई संगसंगै लगेका छन् ।

अंग्रेजीमा एमफिल गरेका सचिवालयका उम्मेदवार माधव पन्तले पढेर मात्र  राजनीतिक गर्ने हो भने देश निर्माण गर्न सकिन्छ भनेर राजनीतिकमा लागेको बताउछन । उनले नपढेकाले राजनीतिक गर्ने हो मानसिकता तोड्न आफू पढेर राजनीतिक गर्ने थालेको बताउछन ।‘बास्तवमा पढेकाले नै राजनीतिक गर्ने हो’उनी भन्छन–‘पढेर राजनीतिक गर्नेले देश निर्माण गर्न एउटा दृष्टिकोण तयार गर्ने भएकोले म पनि पढेर नै राजनीतिक गरेका हु ।’ अखिलका डिग्री होल्डर  विद्यार्थीहरु राजनीतिक गरेर पढेलेखेका मान्छे जागिर नै खान्छन भन्ने मानसिकतालाई बदल्न अहिले राजनीतिक गरिरहेका छन् ।
12003320_1018400454857152_1846416876090247227_nव्यवस्थापन संकायमा स्नातकोत्तर गरिसकेका सचिवका उम्मेदवार आरती लामा देशलाई सहि ट्रयाकमा हिडाउन राजनीतिककर्मी भएकोले आफू पढेर राजनीतिकमा सक्रिय भएको बताउछिन । उनले देशमा नपढेकाले राजनीतिक गरेर विग्रेको बताउदै अव मास्टर डिग्री होल्डर भएकाले जागिर भन्दा राजनीतिकलाई प्रथामिकता राख्नुपर्ने धारणा रहेको बताउछिन ।‘हाम्रो देशमा पढेकाले जागिर र नपढेकाले राजनीतिक गर्नाले अहिले देश जहाको त्यही छ’उनी भन्छिन–‘त्यही भएर देशलाई बनाउका लागि पढेर नै राजनीतिक गर्न थालेको हु ।’
अखिललाई पढेलेखकाहरुको संगठन बनाउन यहि महाधिवेशनबाट पदाधिकारीमा कम्तीमा स्नातक तह उत्तिर्ण भएको व्यवस्था गर्ने  तयारी गरिएको थियो तर त्यो भएन ।
व्यवस्थापन र मानविकी अर्थशास्त्रमा स्नातकोत्तर गरिसकेका सचिवका उम्मेदवार झपिन्द्र खत्रीले जागिरले समाजलाई रुपान्तरण गर्न नसकिने भएकोले पढेर जागिर नखाएर राजनीतिक गरेको बताउछन ।‘मेरो योजना समाज रुपान्तर गर्ने हो’उनी भन्छन–‘समाजा रुपान्तरण जागिरले सम्भव हुदैन । त्यही भएर समाज रुपान्तरण गर्न राजनीतिक गरेको हु ।’
मास्टर होल्टरमात्र होइन अधिवक्ता पनि अहिलेको नेतृत्वको आकाक्षी रहेका छन् । उपाध्यक्ष सुनिता  वराल, उम्मेदवार तुल्सी मैनाली,रश्मी आचार्य,करुणा पराजुली जस्ता अधिकांश कानुनमा स्नातक पास गरेका छन् ।
यस्तै डाक्टर गरेका शिशिर भण्डारी र राजेन्द्र यादव अहिले अखिलको सचिवालयका आकाक्षी रहेका छन् ।
यस्तै अखिलको नयाँ नेतृत्वका लागि इन्जिनियर सरोज यादव महासचिव र अशेष घिमिरे सचिवको उम्मेदवार हुने भने आद्रता रेग्मी सचिवालय सदस्यको उम्मेदवार हुन् ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice