अव मोर्चाले आन्दोलनको स्वरुप परिवर्तन गर्ने

काठमाडौ २० माघ । नेपाल भारत सिमाको नाकामा आन्दोलन गदै आएका संयूक्त लोकतान्त्रिक मधेसी मोर्चाका नेताहरुले आन्दोलनको स्वरुप परिवर्तन गर्ने भएका छन् । आज काठमाडौमा आयोजित कार्यक्रममा  उनीहरुले आन्दोलनले सबैभन्दा बढी तराई मधेसकै जनता पीडित बन्दै भएको भन्दै आन्दोलनको स्वरुप परिवर्तन गर्ने बताएका हुन् । उनीहरुले अव नयाँ कार्यक्रमको घोषणा एक दुई  दिनमै बस्ने बैठकले नयाँ कार्यक्रम ल्याउने बताए ।

कार्यक्रममा तराई मधेस सदभावना पार्टीका बरिष्ठ नेता राम नरेश रायले कुनै पनि आन्दोलन एकै नाशले धेरै अगाडि सम्म लिएर जान नसकिने भन्दै मोर्चाको बैठकले आन्दोलनको समिक्षासहित नयाँं कार्यक्रम ल्याउने बताए ।
उनले भने,‘ हामीले सचिवालयमा आन्दोलन परिमार्जनको विषयमा प्रयाप्त छलफल गरेका छौ । शीर्ष बैठकले कार्यक्रम परिवर्तनको निर्णय गर्छ ।’
रायले पाँच महिना लामो आन्दोलनलाई सरकारले नटेरेकोले पनि आन्दोलनको स्वरुप परिवर्तन गरे पनि आन्दोलन जारी राख्ने बताए । उनले अबको आन्दोलनलाई उचाईमा पुर्याउन मधेस केन्द्रीत आन्दोलनलाई पहाड हिमालसम्म पुर्याउन आवश्यक रहेको तर्क गरे ।
संघीय समाजवादी फोरम नेपालका उपाध्यक्ष राजेन्द्र श्रेष्ठले अबको आन्दोलन मधेस र नाकामा मात्र नभई राजधानी केन्द्रीत हुने र त्यसको लागि स्वरुप परिवर्तन आवश्यक भएको भएको बताए ।
उनले भने,‘ अबको आन्दोलन सिंगो मुलुकमा बढाउँछौ । राजधानी केन्द्रीत नभई परिवर्तन हुने स्थिति छैन । त्यसैले आन्दोलनको स्वरुप परिवर्तन गर्नु पर्छ ।’
श्रेष्ठले बार्ताबाट समस्याको समाधान नभए आन्दोलनबाटै छिनोफानो हुने दावी गर्दै सरकारले  यथास्थितिबादी चिन्तन नछाडेसम्म समस्या समाधान नहुने बताए ।
सद्भावना पार्टीका महासचिव मनिषकुमार सुमनले आन्दोलनले मधेसी जनता सबै भन्दा पीडित भएकोले आफूहरु आन्दोलन रोक्न आतुर रहेको भन्दै यसको लागि आफूहरुले उठाएका जायज मागहरुको तत्काल संबोधन हुनु पर्ने बताए ।

मोर्चाका नेता विहार जानुलाई जायज र स्वभाविक भएको दावी गर्दै सुमनले भने,‘ पीडा पर्दा कुटुम्बकोमा जाईन्छ । विहारका २६ लाख चेली यहाँ बुहारी भएर आएका छन । नेपालबाट २० लाख विहारमा बुहारी भएर गएका छन । आफ्नो पीडा सुनाउन जानु स्वभाविक हो । हामीले नैतिक समर्थन खोजेका हौ, भौतिक समर्थन खोजेको होईन ।’

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice