वैद्य माओवादीको राष्ट्रिय सम्मेलन असोजमा

काठमाडौ १४ माघ ।  मोहन बैद्य नेतृत्वको नेकपा क्रान्तिकारी–माओवादीले  आगामी असोजमा १ गते पार्टीको राष्ट्रिय सम्मेलन गर्ने निर्णय गरेको छ ।

पार्टीको काठमाडौमा चलेको दश दिन सम्म चलेको सचिवालय वैठकले २०७३ असोज १ गते गर्ने  निर्णय गरेको हो ।   पार्टीका नीति, कार्यक्रम तथा कार्यदिशालाई समृद्ध तथा परिमार्जित गर्ने उद्देश्यले सम्मेलन गर्न थालिएको जनाइएको छ ।
यस्तै बैठकले कम्युनिष्ट क्रान्तिकारी पार्टी बीच एकता गर्नका लागि वार्ता थाल्ने निर्णय गरेको छ ।   सच्चा कम्युनिस्ट क्रान्तिकारीसहित माओवादी शक्तिलाई एकताबद्ध बनाउनु पर्दछ’बैठक पछि जारी गरिएको विज्ञप्तिमा भनिएको छ–‘त्यसका लागि  राजनीतिक पार्टीहरूसित चल्दै आएको वार्ता तथा संवादको प्रक्रियालाई निरन्तरता दिने ठेगान भयो ।’

बैठकले साम्राज्यवादी तथा विस्तारवादी हस्तक्षेप तीव्र बन्दै  माघदेखि चैत्रसम्म राष्ट्रिय जनजागरण तथा सङ्गठन विस्तार — सुदृढीकरण अभियान सञ्चालन गर्ने भएको छ । पार्टीले  राष्ट्रिय स्वाधीनताको रक्षा, जनताको जनतन्त्र र जनजीविकाका आधारभूत समस्या अत्यन्तै गम्भीर तथा भयावह बन्दै गएको निष्कर्ण निकाल्दै अघोषित आर्थिक नाकावन्दी एवम् सरकारको जिम्मेवारीबोधको अभाव तथा असक्षमताका कारण पेट्रोलियम पदार्थ, ग्यास लगायत उपभोग्य सामग्रीहरूको अभाव भई मानवीय सङ्कट पैदा भएको बताएको छ ।

बैठकले रंगेली घटनामा सरकार दोषी भएको भन्दै  भत्र्सना  तथा विरोध गरेको छ । साथै, पार्टी मृतकहरूको क्षतिपूर्ति र घाइतेहरूको स्वास्थ्योपचारको व्यवस्थाका लागि जोडदार माग गरेको छ  ।

बैठकले जाडो याममा भूकम्पपीडितहरूको समुचित व्यवस्थापन र पुनर्निर्माणको काममा सरकार अत्यन्तै उदासीन र गैरजिम्मेवार बनेको आरोप लगाएको छ । साथै व्यवस्थापन र पुनर्निर्माणका कामलाई छिटै र योजनाबद्ध रूपमा अगाडि बढाउन पार्टी जोडदार माग समेत पार्टीले गरेको छ ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice