दिलवालेले काजोल पछुतोमा

एजेन्सी, १३ माघ । पाँच बर्षको अन्तरालमा ‘दिलवाले’ बाट पुन चलचित्र नगरिमा आएकी नायिका काजोल चलचित्र ‘दिलवाले’ फ्लप भएपछि पछुतोमा परेकी छिन् ।
केहि समय अघि नायक शाहरुख खानले दिलवालेको बिजनेश असफल भएको बताए लगतै काजोलले पनि दिलवाले चलचित्रलाई लिएर पछुतो मानेकी हुन ।
सुजोय घोषले निर्देशन गर्न लागेको चलचित्र ‘दुर्गा रानी सिंह’को प्रस्ताव लाई अस्विकार गरि शाहरुखकै कारण दिलवाले रोजेको बताइन ।
तर चलचित्र असफल भएपछि दुःख लागेको उनको गुनासो रहेको छ ।
पर्दामा धुम मच्चाउने जोडी भन्दै शाहरुख र काजोललाई जोडेर अनेक प्रचार गरिएको भएपनि बलिउड बक्सअफिसमा यो चलचित्रले १ सय ५० करोडको मात्र ब्यापार गर्न सक्यो ।
यो चलचित्रसँँगै प्रदर्शनका आएको रणविर सिंह र दिपिका पादुकोणको ‘बाजिराव मस्तानी’ले उछिने पछि अभिनय तथा निर्देशन दुवैमा दम नदेखिएको भन्दै सुरुमै आलोचना समेत खेप्नु परेको थियो ।

6 Comments

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice