किन लगायो कांग्रेसले एमालेलाई महाधिवेशन भाड्न खोजेको आरोप ?

काठमाडौ १२ माघ । प्रमुख सत्ताधारी पार्टी नेकपा एमालेलाई नेपाल कांग्रेसले आफ्नो आसन्न १३ औ महाधिवेशन रोक्ने षडयन्त्र गरेको आरोप लगाएको छ ।
हिजो कांग्रेसका प्रमुख सचेतक चिनकाजी श्रेष्ठले सभामुुख ओमसरी घर्तिसंग एमालेले आफ्नो महाधिवशेन रोक्ने खोृजेको आरोप लगाएको बताएका हुन् ।

संसदीय नियमावली अनुमोदन गराउन प्रमुख दलका नेताहरुसँग कांग्रेसको आफ्नो महाधिवेशनलाई प्रभाव पार्ने गरि संसदीय नियमावली पारित गर्न कानून तथा न्यायमन्त्री अग्नी प्रसाद खरेल लागि परेको आरोप लगाएको छ । कांग्रेस महाधिवशेनका लागि यहि १५ गतेबाट गाउ,नगरअधिवेशन शुरु हुँदै छ । उसले एमालेले संसदीय नियमावली पारित गर्न खोजेर आफ्नो महाधिवेशनलाई रोक्ने प्रयास गरेको आरोप लगाएको छ ।

कांग्रेसले महाधिवेशनका लागि अहिले अधिकांश सांसदहरु जिल्लामा गइसकेकोले  अहिले संसदीय नियमावली फेर्ने कसरत हुनु कांग्रेस महाधिवेशन भाँड्ने षड्यन्त्र भएको आरोप लगाएको छ ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice