नेता र सरकारी कर्मचारी सवभन्दा बढी भ्रष्टाचारी

काठमाडौ १२ माघ । हाम्रो देशमा सवभन्दा बढी भ्रष्टाचार राजनीतिक दलका नेता र सरकारी  कर्मचारीबाट हुने गरेको पाइएको छ ।
३३ जिल्लाका १ हजार ७० जना विभिन्न क्षेत्रका मानिससंग गरिएको अध्यययनले राजनीतिक दल र सरकारी कर्मचारी सबैभन्दा बढी गरेको पाइएको हो ।  त्यसपछि भने  शान्ति सुरक्षाको जिम्मेवारी लिएका प्रहरी दोस्रो नम्बरका भ्रष्टाचारी रहेको पाइएको छ ।
अध्ययनले न्यायसम्पादन क्षेत्रका न्यायाधीश र उनीहरुलाई न्यायकर्ममा सघाउने वकिललाई तेस्रो नम्बरमा भ्रष्ट देखाएको छ ।
सर्वेक्षणमा समावेश भएकाहरुले चौँथो नम्बरमा गैरसरकारी संस्थामा कार्यरत एनजिओकर्मीलाई रहेका छन ।
त्यसपछि  भ्रष्टाचार नियन्त्रण क्षेत्रकै जिम्मेवार निकायमा पनि भ्रष्टाचार गर्ने गरेको पाइएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग,जिल्ला प्रशासन कार्यालय पाचौ नम्बरमा भ्रष्टाचारको सूचिमा पर्दछन ।

6 Comments

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice