कांग्रेसको निर्णयः तीन पटक पार्टी सभापति हुन नपाइने

काठमाडौं, ११ माघ । नेपाली कांग्रेसको केन्द्रीय कार्य समितिको बैठकले पार्टीमा दुई कार्यकालसम्म केन्द्रीय वा जिल्ला सभापति बनेका व्यक्तिले सोही पदमा तेश्रोपटक उमेद्वारी दिन नपाउने निर्णय गरेको छ ।
सोमबार बसेको कांग्रेस केन्द्रिय समितिको बैठकले लगातार दुई कार्यकालसम्म केन्द्रीय र जिल्ला सभापति भएका व्यक्तिले तेश्रो पटक उमेद्वारी दिन नपाउने निर्णय गरेको हो । यो निर्णय केन्द्रीय र जिल्ला समितिमा मात्र लागु हुने कांग्रेसले बताएको छ । बैठकपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगन थापाले देउवा र संस्थापन पक्षबिच भएको पार्टी एकीकरण पछिका सभापतिलाई एक कार्यकाल र १२ औं महाधिवेशनसम्मलाई दोश्रो कार्यकाल मानेर गणना गरिने  छ ।
बैठकले कोइराला सरकारमा पालामा व्यवस्थापिका संसदमा पेस भएको संविधान संशोधन विधेयकलाई वर्तमान ओली सरकारका पालामा पारित भएको भन्दै खुसी व्यक्त गरेको छ ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice