मोर्चालाई आन्दोलन फिर्ता लिन चौतर्फी दवाव,विरगंज नाका खुकुलो हुँदै

काठमाडौ ११ माघ । तराईमा ५ महिनादेखि आन्दोलनरत सयुक्त लोकतान्त्रिक मधेसी मोर्चालाई  सीमा नाकामा अवरोध लगायत कार्यक्रम फिर्ता लिन दबाबमा परेको छ।

मोर्चाले राखेका अधिकांश माग पुरा भइसकेकोले अव आन्दोलन चर्काउनुको कुनै उद्देश्य नभएकोले मोर्चाकै कार्यकर्ता  र अन्तराष्ट्रिय रुपमा नै कार्यक्रम फिर्ता दिन दवाव परेको हो । संविधानप्रति असहमति राख्दै आन्दोलनरत मधेसी मोर्चा संविधान संशोधनसँगै  साउन ३१ देखि मधेसमा आन्दोनल थालेको हो ।

आन्दोलन थाल्ने बेला मोर्चाले अघि सारेका  मागमध्ये संविधान संशोधनबाट  सम्बोधन हुने भएको छ । मोर्चाले राख्दै आएको समानुपातिक प्रतिनिधित्वको प्रणाली र जनसंख्याका आधारमा चुनाव क्षेत्र निर्धारण गर्न संविधान संशोधनसहित पारित व्यवस्थापिकाले गरेको छ । तर मोर्चा आवद्ध दल संघीय समाजवादी फोरम, तराई मधेस लोकतान्त्रिक पार्टी, सद्भावना र तमसपाले भने तत्काल आन्दोलन फिर्ता लिन छाटकाँट देखिएको छ ।

यस्तै संसदले संविधान संशोधन विधेयक पारित गरेपछि  चार महिनादेखि ठप्प वीरगन्ज नाका पछिलला दिन केही खुकुलो हुँदै गएको छ।
आन्दोलनसँगै असुरक्षा बढेको कारण देखाएर सामान चेकजाँच रोकेको भारतीय भन्सारले पनि कागजी प्रक्रिया पुर्‍याएर सामान छाडिदिन थालेको छ।
वीरगन्ज भन्सार कार्यालयमा रातिराति सामान भित्रिन थालेका छन् । नाका खुकुलो हुन थालेपछि अहिले  दैनिक ३० लाख हाराहारीमा राजस्व उठ्न थालेको भन्सार प्रवक्ता सुशील शर्माले जानकारी दिए।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice