निर्णायक वार्ताको क्षणमा सरकार किन गोली चलाउँछः मोर्चा

काठमाडौं, ८ माघ । आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले निर्णायक वार्ताको क्षणमा सरकार गोली चलाएर वार्ता भाँड्न उद्दत रहेको आरोप लगाएको छ ।
शुक्रबार बसेको व्यवस्थापिका संसदको बैठकमा बोल्दै मोर्चाका नेताहरुले शान्तिपूर्ण कार्यक्रममा दमन गर्ने सरकारको निती हो भने वार्तामा नबस्ने प्रष्ट पारेका छन् । बैठकमा बोल्दै सद्भावनाका सहअध्यक्ष लक्ष्मणलाल कर्णले सप्तरी, वीरगञ्ज र पछिल्लो समय रंगेलीमा सरकारले ताकीताकी गोली चलाएको आरोप लगाए । निर्णायक वार्ताको क्षणमा सरकारले गोली चलाउने गरेको भन्दै कर्णले सरकारको उद्देश्य बारे प्रश्न गरेका थिए । मोर्चाले शुक्रबारको संसद बैठक बहिस्कार गरेको छ ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice