रंगेली घटनाबारे सरकारद्धारा छानवीन समिति गठन

काठमाडौ ८ माघ । सरकारले हिजो भएको रंगेली घटनाको सत्यतथ्य जानकारी गराउन छानवीन समिति गठन गरेको छ । सरकारले बिहीबार रंगेलीमा प्रहरीको गोली लागी ३ जनाको ज्यान गएको घटनाबारे छानविन गर्न एकिकृत माओवादीका सांसद शिवकुमार मण्डलको संयोजकत्वमा छानविन समिति गठन  गरेको हो ।

आज विहान जिल्ला प्रशासन कार्यालय मोरङमा भएको प्रमुख राजनैतिक दल सम्मिलित सर्वदलीय बैठकले समिति गठन गरेको हो ।   बैठकले मोरङ क्षेत्र नम्बर ४ का निर्वाचित सांसद मण्डलको संयोजकत्वमा गठित
समितिमा एमालेका अध्यक्ष महेश रेग्मी र कांग्रेसका सचिव यदु विष्ट सहित अन्य दल र संघ संस्थाका प्रतिनिधी रहेका छन् ।
बैठकमा भने मोर्चा निकट दलका कोही पनि उपस्थित भएनन ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice