bijaystdClass Object ( [error_code] => 12 [error_msg] => REST API is deprecated for versions v2.1 and higher (12) [request_args] => Array ( [0] => stdClass Object ( [key] => method [value] => fql.query ) [1] => stdClass Object ( [key] => format [value] => json ) [2] => stdClass Object ( [key] => query [value] => SELECT url, normalized_url, share_count, like_count, comment_count, total_count, commentsbox_count, comments_fbid, click_count FROM link_stat WHERE url = http://yeskathmandu.com/2016/01/20089 ) ) )

अराजक राजेन्द्र महतो शान्त, शान्त उपेन्द्र यादव अराजक भएपछि…

काठमाडौ ८ माघ  । मधेस आन्दोलन सुरु गर्दा निकै आक्रामक देखिने नेपाल सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतो दिल्ली भ्रमण र प्रधानमन्त्री केपी शर्मा ओलीसँगको संवादपछि केही शान्त देखिएका बेला अर्का मधेसी मोर्चाका नेता उपेन्द्र यादव भने अराजक बन्दै गएका छन् ।
मधेसी मोर्चाले आन्दोलन सुरु गर्दा निकै अराजक अभिब्यक्ति दिने राजेन्द्र महतो बीरगन्ज भन्सारमा कुटाई खाएपछि शान्त देखिएका छन् । वीरगञ्ज भन्सार अवरोध गर्ने क्रममा १० पुसमा उनलाई चोट लागेको थियो । उपचार गर्न दिल्ली पुगेका महतोले त्यही भारतीय नेताहरुसँग भेटघाट गरेका थिए । भारतीय नेताहरुसँग भेटघाट गरिरहेका बेला प्रधानमन्त्री ओलीले टेलिफोन गरी महतोलाई नेपाल आउन आग्रह गरेका थिए । प्रधानमन्त्री ओलीसँग सरकारी निवास बालुवाटारमा भेट गरेपछि महतो केही शान्त देखिएका छन् ।
तर, आन्दोलन सुरु गर्दा शान्त देखिएका मोर्चाका नेता तथा संघिय समाजबादी फोरमका अध्यक्ष उपेन्द्र यादव भने अराजक अभिब्यक्ति दिन थालेका छन् । प्रधानमन्त्री ओलीले महतोसँग एक्लै र गोप्य भेट गरेपछि यादवले अराजक अभिब्यक्ति दिन थालेका हन् । उनले प्रधानमन्त्री ओलीको बोली सडक छाप गुन्डाका नाइके जस्तो भएको प्रतिक्रिया समेत दिन थालेका छन् ।
मधेस केन्द्रीत आन्दोलन गरिरहेका मुख्य तीन नेताबीच आन्दोलनको श्रेय कस्ले लिने भन्नेमा प्रतिस्पर्धा चलिरहेको छ । तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुर, फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव र सद्भावना अध्यक्ष महतोबीच टकराव भइरहेका बेला प्रधानमन्त्रीले टेलिफोन गरी महतोलाई आफ्नो सरकारी निवासमा बोलाएका थिए ।
ठाकुर र यादवबीच केही एकता जस्तो देखिन्छ भने महेन्द्र यादव र महतोबीच साँठगाँठ रहेको छ । मधेसी मोर्चाको आन्तरिक टकरावले सरकारसँगको बार्ताले पनि निकास पाउन सकेको छैन ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice