नेपाल आज माल्दिभ्ससंग सेमिफाइनल खेल्दै

काठमाडौ ५ माघ । बंगलादेशमा जारी  बंगबन्धु गोल्ककप प्रतियोगिताको आज नेपालले माल्दिभ्ससंग सेमिफाइनल खेल्ने भएको छ ।
प्रतियोगितामा अपराजित यात्रा कायम राखेको नेपाल ले माल्दिभ्सलाई कडा चुनौती दिने छ । बेलुकी सवा  ५ बजे नेपाल माल्दिभ्ससंग सेमिफाइनल खेल्ने भएको हो । यसअघि श्रीलंकालाई एक शुन्यले हराउदै नेपाल सेमिफाइनलमा पुगेको हो ।
आजको खेल जिते नेपाल फाइनलमा प्रवेश गर्ने छ । फाइनलमा बहराइनसंग नेपालले प्रतिस्पर्धा गर्ने छ । बहराइनले आयोजक देश बंगलादेशलाई हराएर फाइनलमा पुगेको हो ।
फाइनलमा  पुग्नका लागि आज गर वा मरको स्थितिमा रहेर खेल्ने छ ।
नेपाली प्रशिक्षक बालगोपाल महर्जनले अन्य दिनको भन्दा नेपालले आज राम्रो खेल्ने बताए ।  आयोजक बंगलादेश पनि नेपालको पक्षमा रहेका छन् ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice