मुद्धाको टुंगो नलागेसम्म पुरानै कम्पनिबाट बिस्कुट खरिद गर्छौँः नेपाली सेना

काठमाडौं, ४ माघ । पुनरावेदन अदालत पाटनले चौधरी गु्रपले उत्पादन गरेको पशुपति विस्कुट नकिन्न फैसला गरेपछि नेपाली सेनाले पुरानै कम्पनीको बिस्कुट किन्ने भएको छ ।
आफ्ना जवानलाई भोकै राख्न नसकिने भन्दै नेपाली सेनाका प्रवक्ता ताराबहादुर कार्कीले मुद्धाको टुंगो नलागेसम्म पुरानै कम्पनीबाट बिस्कुट किन्ने जानकारी दिए । सेनाले अहिले बुद्ध पिया एण्ड हनुमान सप्लायर्ससँग विस्कुट र दूध खरिद गरिरहेको छ। सेनालाई विस्कुट र दूध उपलब्ध गराउन ठेक्का लिएको बुद्ध पिया एण्ड हनुमान सप्लायर्सले नेविको र गुडलाइफ विस्कुट खरिद गर्ने गरेको छ केहि दिनअघि सेनाले २ बर्षसम्म पशुपति विस्कुट र हेटौंडा इन्डष्ट्रिज प्रालिबाट पौने २ अर्बको बिस्कुट र दुध किन्ने सम्झौता गरेको थियो । तर ब्यवसायीहरु अदालत गएपछि पुनरावेदन अदालतले पशुपति बिस्कुटसंग गरिएको सम्झौता तत्काल कार्यान्वयन नगर्न आदेश दिएको थियो ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice